अनेसास बोर्ड अफ ट्रस्टीज निर्वाचन सम्बन्धी २०२६ विविध महत्वपूर्ण जानकारी तथा सूचना
अनेसास बोर्ड अफ ट्रस्टीज (BOT) निर्वाचन समिति २०२६ को निर्वाचनसम्बन्धी विविध महत्वपूर्ण जानकारी तथा सूचना
आदरणीय बोर्ड अफ ट्रस्टीज (BOT) सदस्य तथा मतदाताज्यूहरू,
अनेसास बोर्ड अफ ट्रस्टीज (BOT) निर्वाचन २०२६ को प्रक्रिया प्रारम्भ भइसकेको जानकारी गराउँदै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न यहाँहरूको सक्रिय सहभागिता, साथ र सहयोगको अपेक्षा गर्दछौँ। अनेसासको विधान (सातौँ संशोधन, २०२१) तथा निर्वाचन समितिद्वारा नोभेम्बर १०, २०२६ मा प्रकाशित निर्वाचन कार्यतालिकाका आधारमा निर्वाचनसम्बन्धी महत्वपूर्ण जानकारीहरू निम्नानुसार प्रस्तुत गरिएको छ।
१. ट्रस्टी सदस्यताको अन्तिम मिति:
निर्वाचन प्रयोजनका लागि ट्रस्टी सदस्यता कायम गर्ने अन्तिम मिति नोभेम्बर १०, २०२६ तोकिएको थियो। उक्त समयसीमा समाप्त भइसकेको छ। नोभेम्बर १५ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको थियो।
२. मतदाता योग्यता तथा नामावली:
विधानको दफा ९.७(४–६) र ९.८ अनुसार सदस्यता प्रमाणीकरण भएका योग्य ट्रस्टी सदस्यहरूले मात्र मतदान गर्न पाउनेछन्। आधिकारिक मतदाता नामावली www.inls.org मा प्रकाशन गर्ने तथा नोभेम्बर १६–२० र नोभेम्बर २८ मा योग्य मतदाताहरूलाई सूचना पठाउने कार्यतालिका रहेको छ।
३. उम्मेदवारहरूको न्यूनतम योग्यता:
विधानको दफा ९.९ र ९.१० अनुसार:
- अध्यक्ष: BOT मा एक पूर्ण कार्यकाल (४ वर्ष) सेवा गरेको हुनुपर्ने। अध्यक्ष पदमा एक कार्यकालभन्दा बढी उम्मेदवारी दिन नपाइने।
- उपाध्यक्ष: शुल्क तिरेको ट्रस्टी सदस्यका रूपमा कम्तीमा ५ वर्ष पूरा गरेको हुनुपर्ने।
- महासचिव तथा सचिव: शुल्क तिरेको ट्रस्टी सदस्यका रूपमा कम्तीमा २ वर्ष पूरा गरेको हुनुपर्ने।
- कोषाध्यक्ष: शुल्क तिरेको ट्रस्टी सदस्यका रूपमा २ वर्ष पूरा गरेको तथा अमेरिकी नागरिक वा कानुनी स्थायी बासिन्दा हुनुपर्ने।
- पुरस्कार व्यवस्थापन समिति संयोजक: शुल्क तिरेको ट्रस्टी सदस्यका रूपमा ५ वर्ष पूरा गरेको हुनुपर्ने।
- BOT कार्यकारी सदस्य: ट्रस्टी सदस्यताको कम्तीमा २ वर्ष पूरा गरेको हुनुपर्ने।
४. उम्मेदवारी दर्ता शुल्क:
निर्वाचनका विभिन्न पदका लागि उम्मेदवारी शुल्क निम्नानुसार निर्धारण गरिएको छ।
|
पद |
शुल्क (अमेरिकी डलर) |
|
अध्यक्ष |
$५०० |
|
उपाध्यक्ष तथा महासचिव |
$४०० |
|
कोषाध्यक्ष तथा सचिव |
$३०० |
|
ट्रस्टी सदस्य |
$२०० |
नोट: उम्मेदवारी शुल्क बुझाउने विधि तथा स्थानसम्बन्धी जानकारी छुट्टै सूचनामार्फत उपलब्ध गराइनेछ।
५. उम्मेदवारी फाराम तथा दर्ता:
उम्मेदवारी दर्ता नोभेम्बर २०–२१, २०२६ मा हुनेछ। उम्मेदवारी फाराम, दर्ता प्रक्रिया तथा आवश्यक कागजातसम्बन्धी विवरण छुट्टै प्रकाशित गरिनेछ।
६. निर्वाचनको मुख्य कार्यतालिका:
|
मिति (२०२६) |
कार्यक्रम |
|
नोभेम्बर २०–२१ |
उम्मेदवारी दर्ता |
|
नोभेम्बर २२ |
उम्मेदवारको पहिलो नामावली प्रकाशन |
|
नोभेम्बर २३–२४ |
उजुरी प्राप्ति तथा समाधान |
|
नोभेम्बर २५ |
दोस्रो नामावली प्रकाशन |
|
नोभेम्बर २६ |
उम्मेदवारी फिर्ता |
|
नोभेम्बर २७ |
अन्तिम नामावली प्रकाशन |
|
नोभेम्बर २९–डिसेम्बर १० |
निर्वाचन प्रचारप्रसार |
|
डिसेम्बर १० |
मतदातालाई युजर आईडी र पासवर्ड वितरण |
|
डिसेम्बर ११ |
विद्युतीय मतपत्र पठाउने |
|
डिसेम्बर ११–१४ |
अनलाइन मतदान |
|
डिसेम्बर १५ |
परिणाम प्रमाणीकरण तथा घोषणा |
७. सूचना प्रवाह तथा पारदर्शिता:
निर्वाचनसम्बन्धी सम्पूर्ण आधिकारिक सूचना अनेसासको वेबसाइट तथा उपलब्ध आधिकारिक सञ्चार माध्यमबाट सबै सम्बन्धित सदस्यहरूलाई समान रूपमा र समयमै उपलब्ध गराउने प्रयास गरिनेछ। निर्वाचनसम्बन्धी जिज्ञासा वा सुझावका लागि निर्वाचन समितिको इमेलमा सम्पर्क गर्न सकिनेछ।
अन्त्यमा, निर्वाचनलाई मर्यादित, निष्पक्ष, पारदर्शी र विश्वसनीय रूपमा सम्पन्न गर्न सम्पूर्ण उम्मेदवार तथा मतदाताहरूबाट निर्वाचन आचारसंहिताको पूर्ण पालना र रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ।
धन्यवाद।
निर्वाचन समिति २०२६
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)
बोर्ड अफ ट्रस्टीज (BOT)
इमेल: electioninls@gmail.com
जारी मिति: नोभेम्बर १७, २०२६