election Updates

  • Conference
    • Participant Registration Form
    • All Participants

Lifetime member

Trustee memeber

Donate Now

Sign in/Sign up

INLS Logo

International Nepali Literary Society

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

  • Home
  • About Us
    • Message From President
    • Organization Overview
    • Mission Statement
    • By Laws
  • INLS Chapter
    • Asia
      • Hongkong
      • India Mijoram
      • India Sikkim
      • India Silugadi
      • Israel
      • Japan
      • Korea
      • Kuwait
      • Nepal
      • Quatar
      • Saudi Arab
    • Australia
      • Brisbane
      • Canberra
      • New South Wales
      • Perth
    • Europe
      • Belgium
      • Denmark
      • Italy
      • Neitherland
      • Norway
      • Poland
      • Portugal
      • Spain
      • United Kingdom
    • America
      • Austin
      • Boston
      • Canada
      • Chicago
      • Colorado
      • Dallas
      • Florida
      • Georgia
      • Houston
      • Kansas
      • Los Angeles
      • Merryland
      • Missouri
      • New Hampshire
      • New York
      • North Carolina
      • Northern California
      • Ohio
      • Others
      • Washington DC
    • Africa
      • Africa
  • Members
    • Board Of Trustee
      • Current Comittee
      • Past Comittee
    • Executive Members
      • Current Executive Members
      • Past Executive Members
    • Life Members
      • About Life Members
      • All Life Members
    • About Trustee Members
      • About Trustee Members
      • All Trustee Members
    • About Election Committee
      • About Election Committee
      • All Election Committee
  • Events
  • News
  • Publications
    • Published Books
    • Antar Dristi
    • Anesas Darpan
    • Radio Program
    • Interviews
  • Awards
    • पुस्तक पुरस्कार
    • साहित्यिक योगदानमा आधारित सम्मान र पुरस्कार
  • Gallery
    • Photo Gallery
    • Video Callery
  • Literature
    • Story
    • Poem
    • Novel
    • Gazal
    • Song
    • Short Story
    • Essay
    • Muktak
    • Haiku
    • Blog
    • Travelogue
    • Bibliography
    • Others

Message From President

President Image

अनेसास अध्यक्षको कलम
लालगोपाल सुवेदी
अध्यक्ष
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्य समिति
हामी नेपाली महान् जाति हौं । हाम्रो भाषा महाभाषा ( महान् + भाषा ) हो । यो भाषा मेची र कालीको सीमामा मात्र सीमित छैन । भौगोलिक दृष्टिले यसको फैलावट विश्वव्यापी बन्दै गएको छ । जहाँ जहाँ नेपाली पुगेका छन् त्यहाँत्यहाँ नेपाली भाषा पनि पुगेको छ । हाम्रा सबै भाषा, भाषिका र व्यक्ति-भाषिका महान् छन् ।कला, साहित्य, संस्कृति र संस्कार महान् छन् । मान्छेको सबैभन्दा गर्वयोग्य सम्पत्ति भनेकै भाषा रहेछ । भाषा नभएको भए मान्छेको जुनी पनि पशुकै जुनी सरह हुनेरहेछ । भाषा नजन्मेको भए न त कला जन्मन्थ्यो न त ज्ञानविज्ञान नै । अंग्रेजी मातृभाषीका लागि जति अंग्रेजी भाषाको महत्त्व छ त्यति नै हामी नेपालीहरूका लागि पनि नेपाली भाषाको महत्त्व छ । सोच्नुहोस् त मानव सभ्यताबाट भाषा हटाइदिने हो भने मान्छेको अवस्था कस्तो होला ? यही प्रश्न हामी नेपाली भाषीसामु राख्नु परेमा के हुन्छ त हाम्रो स्थिति ? कुरा गम्भीर छ !

अमेरिकाको वाशिङ्टन डिसीमा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज भाषाको सार्वभौम महत्त्वलाई आत्मसात गर्दछ । यसको नाममा ‘ साहित्य समाज ‘ पदावली स्थापित भए पनि मूलत: नेपाली भाषा बचाउनका लागि जन्मेको संस्था हो यो । भाषाले कला बहन गर्छ, संस्कृति बहन गर्छ, संस्कार बहन गर्छ । एउटै वाक्यमा भन्नुपर्दा भाषाले हाम्रो समग्र आत्मपरिचय अभिव्यन्जित गर्दछ । भाषालाई रसिलो, चखिलो र खँदिलो बनाउने सामर्थ्य साहित्यमा हुन्छ ।मानव जीवनका कथाव्यथा कविता, गीत, निबन्ध आदिका माध्यमबाट अभिव्यक्त हुन्छन् । यसर्थ भाषा र साहित्य भिन्न वस्तु नभएर एउटै डोरीका दुई पोया समान हुन् । भाषा नभए साहित्य जन्मन्न । साहित्य नभए भाषा रुखो हुन्छ र धेरै समय टिक्न सक्दैन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज प्रवासमा नेपाली भाषा, साहित्य, कला,संस्कृति, संस्कार र आत्मपहिचान जुग जुग जगाउनका लागि जन्मेको संस्था हो । अनेसास विधान यही सत्यमा टेकेर उभिएको छ ।

आज सबै नेपाली नेपालभित्र मात्र सीमित छैनन् । सयभन्दा बढी देशमा नेपालीहरू पुगिसकेका छन् । जहाँजहाँ नेपाली गएका छन् त्यहाँ त्यहाँ उनीहरूले मादल, बाँसुरी, खैंजेडी, मुजुरा पनि लिएर गएका छन् । नेपाली लवज, कला र गला लिएर गएका छन् । आफू जन्मेको भूमिको छाया, छविको चोखो र तरोताजा प्रतिबिम्ब मनमा बोकेर गएका छन् । उनीहरू सपनामा उकाली ओह्राली गरेको, खोला तरेको, रूख चढेको, पिङ खेलेको, सुसेली हालेर गाएको, जोर मादल घन्काएर रोदीघर जमाएको यस्तै खाले सपना देख्छन् तर प्रवासमा जन्मेका तिनका बाबुनानी भने कस्तो सपना देख्छन् यसै भन्न सकिन्न । तिनका बाबुनानीलाई दसैं तिहार, मकर संक्रान्ति, माघी, छठ, म्हपूजा, रोदीघर, रत्यौली, धाननाच, हुड्का नाच आदिको बारेमा थाहा छ कि छैन यसै भन्न सकिन्न । हाम्रो त साँझमा बास माग्न आउने बटुवालाई देवता मान्ने चलन छ । यो कुरा तिनका बाबुनानीले गहिरो गरी बुझेका छन् कि छैनन् यसै भन्न सकिन्न । मातृदेवो भव, पितृदेवो भव, अतिथि देवों भव भन्ने संस्कृति हाम्रो संस्कृति हो । यति राम्रो हाम्रो संस्कृतिलाई विश्वले कति बुझेको छ होला ?

आज हामीले हामीलाई नै बिर्सेजस्तो छ । आज नेपालीले नेपालीलाई नै बिर्सेजस्तो छ।कतै हामीले असार पन्ध्रको दही चिउरा साउन पन्ध्रको खिर, सेलरोटी, माघे संक्रांतिको घिउ चाकु आदि चटक्कै बिर्सेर पिज्जा, बर्गर र स्यान्डविचमा मात्रै जिब्रोलाई अभ्यस्त बनाइरहेका त छैनौं ? हामी उज्यालोको प्रतीक दियो बालेर जन्मदिन मनाउँछौं कि लहरै बलेका मैनबत्तीहरू निभाएर आफूभित्र कसैको अँध्यारोपनलाई आमन्त्रण गर्छौं ? हामी आफ्नो भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्नका लागि के कस्तो जुक्ति प्रयोग गरिरहेका छौं ? प्रश्नहरू गम्भीर छन् । नेपालबाहिरको प्रज्ञा प्रतिष्ठानका नामले चिनिने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यिनै धीर गम्मीर प्रश्नहरूको सटिक उत्तरका लागि यत्नशील छ । अनेसास नेपाली परिचय र अन्तर्बाह्य पहिचान चिरकालसम्म बँचाइरहने यज्ञमा समर्पित छ । यो एकल यज्ञ होइन । यो त सामूहिक महायज्ञ हो । यो संस्था एउटा मात्र देशमा मात्र नभएर धेरै देश र महादेशमा फैलिएको छ । सर्रसर्ती हेर्दा जहाँजहाँ नेपाली पुगेका छन् त्यहाँ त्यहाँ नेपाली भाषा पुगेको छ । दिन प्रतिदिन यान्त्रिक बन्दै गएको विश्व परिवेशका कारण हामी मेशिनमा रूपान्तरित त भएका छैनौं ? हाम्रो आत्मा रुखो र जर्जर बन्दै त छैन ? हाम्रा संस्कार, संस्कृति र अपनत्वभावमा खिया त लाग्दै छैन ? कतै हाम्रो हृदयको हरियाली ओइलाउँदै त गएको छैन ? हामी त एक दिन यस धराधामबाट विदा हुनैपर्छ । हामी त दुई दिनका पाहुना मात्रै हौं । हामी त गौतम बुद्धको देशका मान्छे ! ऋषि, ऋषिकाहरूका सारस्वत सन्तति हामी । हाम्रो हृदय वासन्ती वाटिकाजस्तै छ । पूर्वजहरूले हामीलाई प्रदान गरेको यति ठूलो विरासत त्यसै त्यसै बालुवामा बिलाएर जान दिनु हुँदैन ।

हामी हाम्रो भाषा जापानिजहरूले जापानी भाषा प्रेमले बोलेजस्तै गरेर बोलौं। चाइनिजहरूले आफ्नो भाषालाई जसरी जोगाएका छन् त्यसरी नै हामीले पनि नेपाली भाषाको जगेर्ना गरौं । भारतीयहरूले युरोप र अमेरिकामा जसरी आफ्नोपनलाई तरोताजा राख्न जति मात्रामा तन, मन, धन खर्च गरेका छन् त्यसरी नै हामी पनि आफ्नो गौरवलाई अक्षुण्ण राख्नका लागि मनैबाट केही गरौं । आज विश्व सम्प्रेषणमय भएको छ । ज्ञान पलभरमै हस्तान्तरित हुन्छ । सीप सहजै छरिन्छ । सभ्यताको अनुकरण अर्केले पनि गर्छ । एकातर्फ हामी हाम्रो पहिचान बँचाइरहन चाहन्छौ अर्कोतिर नयाँ ज्ञान र सीप अरूबाट आफूमा प्रत्यारोपित होस् पनि भन्छौं । अंग्रेजी, जापानिज, फ्रेन्च, जर्मन भाषामा अन्तर्निहित काव्यिक सौन्दर्य, सांस्कृतिक सुषमा,कलात्मक महकलाई आफ्नै नेपाली भाषामा रूपान्तरण गर्न सक्छौं । हाम्रा गौरवशाली जेथाका सुगन्धहरूलाई तत् तत् भाषामा गरिने अनुवादबाट फैलाएर नव प्रतिष्ठा र प्रसिद्धि आर्जन गर्न सक्छौं । हाम्रा लोकगीत, लोककथा र लोकगाथाको मगमग वासना कम्ती स्वादिला छैनन् । यसको तिख्खर स्वाद हामीले कति लियौं, हामीले हाम्रा नव पुस्ताका लागि यस्तो आत्मिक भोजन कति पस्क्यौं ? अब त एआईलाई नोकरजस्तै बनाएर हाम्रो कला, साहित्य, संस्कृतिको महत्ता भव्य रूपमा प्रदर्शन गर्न सक्छौं । मूल कुरा पहिले हामीले हामीलाई चिन्न जरूरी छ र चिनाउन झन् जरूरी छ । यो काम अनेसास सन्जालबाट गर्न सकिन्छ ।

अनेसासको जीवनमा पनि अनेकन हिउँद वसन्तहरू आए गए । हो, हरेक बिहान घाम नयाँ बिहान लिएर आउँछ । हामी बिउँझदा हाम्रो तन मन नव ऊर्जाले परिपूरित हुन्छ । यसरी समय प्रवाहमा अनेसासमा पनि परिवर्तनकामी स्वप्नहरू पल्लवित भएका छन् । जननी तुल्य भाषाकै कोखमा अनेकन सभ्यताहरूले पङ्ख फिँजाएका छन् । हाम्रा पनि दृष्टिप्रक्षेपीय मन गगनसदृश उघारियोस् । अनेसास एउटा महान् अभियान हो । हाम्रा ऋषिमुनिहरूले आभ्यन्तरिक ऊर्जा र ज्योतिको तपश्यामा आफूलाई समर्पित गरें र महामानवताको ज्योति नासो स्वरूप छाडेर गए । त्यही ज्योतिलाई बत्तीले बत्ती सल्काएझैं नव पुस्तामा हस्तान्तरण पनि गर्नु छ, क्षितिज पारि पारि देशदेशान्तरसम्म फिंजाउनु पनि छ । ओम मणि पेमे हुँ; असतोमा सदगमय …आदिको मगमग सुगन्ध झल्किने हाम्रा हृतन्तीका आदिम जुहारहरू प्रसादजस्तै बाँड्नु छ ।

सबै नेपाली भाषा, संस्कृति, कला, संस्कृतिका अनुपम खजानाहरूको संरक्षण, संबर्धन र बिस्तारबाट हाम्रो बास्तविक आत्म-पहिचान अमर तुल्याउन हामी अनेसासकर्मी कटिबद्ध छौं ।

About INLS

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

Latest From Our News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 1 year ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 2 years ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 2 years ago

Quick LInks

  • About
  • Contact Us
  • Events
  • FAQ
  • Become a Life Time Members
  • Become a Trustee Members

Contact Info

  • 1727 Horner Road,
    Woodbridge, VA 22191
  • (123) 456-7890
  • president@inls.org
  • generalsecretary@inls.org
  • Language: language@inls.org
  • Literature: literature@inls.org
© 2018 INLS. All Rights Reserved. Developed by: Quackfoot Pvt. Ltd.