अनेसास बोर्ड अफ ट्रस्टीज उम्मेदवारी मनोनयनसम्बन्धी अत्यन्त जरुरी सूचना
आदरणीय बोर्ड अफ ट्रस्टीज (BOT) मतदाताज्यूहरू, नमस्कार!
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को बोर्ड अफ ट्रस्टीज (BOT) निर्वाचन–२०२६ अन्तर्गत प्रकाशित निर्वाचन कार्यतालिकाअनुसार आगामी नोभेम्बर २० र २१, २०२६ मा उम्मेदवारी मनोनयन (Nomination) गर्ने कार्यक्रम रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा निर्वाचन कार्यतालिकाअनुसार मतदाताहरूको अन्तिम नामावलीसमेत प्रकाशित गरिसकिएको छ।
तसर्थ, निर्वाचनमा उम्मेदवारी दिन इच्छुक योग्य मतदाताज्यूहरूले अनेसासको आधिकारिक वेबसाइटमा प्रकाशित निर्वाचनसम्बन्धी सूचना तथा निर्देशनहरू अध्ययन गरी तोकिएबमोजिमको मनोनयन शुल्क (Nomination Fee) बुझाई आवश्यक प्रक्रिया पूरा गरेर निर्धारित समयसीमाभित्र निर्वाचन समितिसमक्ष उम्मेदवारी निवेदन पेस गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
साथै, निर्वाचनसम्बन्धी कुनै प्रश्न, जिज्ञासा वा स्पष्टीकरण आवश्यक भएमा निर्वाचन समितिको आधिकारिक इमेलमार्फत सम्पर्क गर्नुहुन अनुरोध छ।
निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गर्न यहाँहरू सबैको सक्रिय सहभागिता एवं सहयोगको अपेक्षा गर्दछौँ।
धन्यवाद!
निर्वाचन समिति
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)
बोर्ड अफ ट्रस्टीज (BOT)
इमेलः electioninls@gmail.com
जारी मिति: नोभेम्बर १९, २०२६