election Updates

  • Conference
    • Participant Registration Form
    • All Participants

Lifetime member

Trustee memeber

Donate Now

Sign in/Sign up

INLS Logo

International Nepali Literary Society

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

  • Home
  • About Us
    • Message From President
    • Organization Overview
    • Mission Statement
    • By Laws
  • INLS Chapter
    • Asia
      • Hongkong
      • India Mijoram
      • India Sikkim
      • India Silugadi
      • Israel
      • Japan
      • Korea
      • Kuwait
      • Nepal
      • Quatar
      • Saudi Arab
    • Australia
      • Brisbane
      • Canberra
      • New South Wales
      • Perth
    • Europe
      • Belgium
      • Denmark
      • Italy
      • Neitherland
      • Norway
      • Poland
      • Portugal
      • Spain
      • United Kingdom
    • America
      • Austin
      • Boston
      • Canada
      • Chicago
      • Colorado
      • Dallas
      • Florida
      • Georgia
      • Houston
      • Kansas
      • Los Angeles
      • Merryland
      • Missouri
      • New Hampshire
      • New York
      • North Carolina
      • Northern California
      • Ohio
      • Others
      • Washington DC
    • Africa
      • Africa
  • Members
    • Board Of Trustee
      • Current Comittee
      • Past Comittee
    • Executive Members
      • Current Executive Members
      • Past Executive Members
    • Life Members
      • About Life Members
      • All Life Members
    • About Trustee Members
      • About Trustee Members
      • All Trustee Members
    • About Election Committee
      • About Election Committee
      • All Election Committee
  • Events
  • News
  • Publications
    • Published Books
    • Antar Dristi
    • Anesas Darpan
    • Radio Program
    • Interviews
  • Awards
    • पुस्तक पुरस्कार
    • साहित्यिक योगदानमा आधारित सम्मान र पुरस्कार
  • Gallery
    • Photo Gallery
    • Video Callery
  • Literature
    • Story
    • Poem
    • Novel
    • Gazal
    • Song
    • Short Story
    • Essay
    • Muktak
    • Haiku
    • Blog
    • Travelogue
    • Bibliography
    • Others
  • Home
  • News List
  • Single News

भानुजयन्तीमा अनेसास वार्षिक उत्सव - २०२३ | अनेसास सर्वोत्कृष्ट पुरस्कारको घोषणा

Jul 20, 2023

समाचारदाता

अमेरिका

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले २१०औँ भानुजयन्तीको अवसर पारेर ३१औँ वार्षिकोत्सव मनाएको छ । शनिबार जूमका माध्यमबाट आयोजना गरिएको उक्त  कार्यक्रममा ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ तथा ‘अनेसास विशिष्ट पुरस्कार’को घोषणा गरिएको हो ।

प्राडा. व्रतराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अनेसास बिओटी सभापति पदम विश्वकर्मा, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष महेश्वर शर्मा, सल्लाहकार गोविन्द गिरी प्रेरणा र भारती गौतम, बिओटी सल्लाहकार रोहिणी शर्मा, तीर्थराज अधिकारी र पुरु सुवेदी, पूर्व अध्यक्षहरू राधेश्याम लेकाली र अनेसास अनेसास केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले मन्तव्य राखेका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा केन्द्रीय कार्यसमितिको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन क्रमशः महासचिव विमला निरौला र कोषाध्यक्ष निजानन्दमल्लले प्रस्तुत गरेका थिए भने बिओटीको प्रतिवेदन महासचिव प्रकाश नेपाल र सचिव नारायण अधिकारीले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सचिन चापागाई,संयोग चापागाईं, हार्दिक काफ्ले,आयाम घिमिरे, स्वाधिनता पौडेल,संस्कृति बुढाथोकी,प्रशुन पौडेल, विमल शर्मालगायतका भाइवहिनीले स्वस्ति पाठ, रामायणको अंश वाचन र कविता वाचन गरेका थिए  भने च्याप्टर अध्यक्षहरू गीता बजगाईं, महेश्वर पन्त,तारा उप्रेती, ललिता दोषी,नेत्रवन्धु पोखरेल, गंगा लिगल,यम पौडेल, प्रभा पोखरेललगायतले मन्तव्य तथा कविता वाचन गरेका थिए ।

कार्यक्रममा अनेसास पुरस्कार समितिका संयोजक तीर्थ पाण्डेले सर्वोत्कृष्ट पुस्तक पुरस्कारबाट पुरस्कृतको नाम घोषणा गरेका थिए भने समितिका सदस्यहरू डा. विजयराज शर्मा, दीपा राई पुन र ईश्वरी भट्टले पुरस्कार संयोजनका बारेका मन्तव्य राखेका थिए । प्रत्येक २-२ वर्षमा प्रदान गरिने ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ यसवर्ष ‘रैथाने’ उपन्यासका लागि रण काफ्लेलाई प्रदान गरिने भएकोछ । अनेसास तथा प्राडा. गोपी उप्रेतीद्वारा प्रायोजित उक्त पुरस्कारको रकम २१ सय डलर रहेको छ । यसैगरी रोहिणी शर्माद्वारा प्रायोजित ‘अनेसास होमनाथ सुवेदी डायस्पोरा सर्वोत्कृष्ट वाङ्मय पुरस्कार’बाट महेश्वर पन्तको ‘बौलाको डायरी’ उपन्यास पुरस्कृत भएको छ भने डा. श्याम कार्कीद्वारा प्रायोजित ‘अनेसास श्याम कार्की तथा इन्दिरा कार्की सर्वोत्कृष्ट निबन्ध पुरस्कार’बाट श्रीबाबु कार्कीको निबन्धकृति ‘सन्दिग्ध शताब्दी’ पुरस्कृत भएको छ । यसैगरी कल्पना खरेलको ‘रानीतलाउ’लाई सुमन तिम्सिनाद्वारा प्रायोजित ‘अनेसास डिल्लीराम तिम्सिना पुरस्कार’ प्राप्त भएको छ भने रोहिणी शर्माद्वारा नै प्रायोजित ‘अनेसास सीता शर्मा संस्कृति तथा दर्शन सर्वोत्कृष्ट पुरस्कार’बाट गणेशकुमार जिसीको ‘अरनिको एसिया एक प्रस्तावना’ पुरस्कृत भएको छ।

गीता खत्रीद्वारा प्रायोजित ‘अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट काव्य पुरस्कार’बाट सिन्धु पौडेलको ‘मृतसागरको उचाइबाट’ पुरस्कृत भएको छ भने राष्ट्रकविकै नाममा स्थापित डा. चुणामणि खनालद्वारा प्रायोजित ‘अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट काव्य पुरस्कार’बाट डा. गोविन्द आचार्यको ‘दङ्गी’ महाकाव्य पुरस्कृत भएको छ । निर्मोही व्यासको ‘आवारा बादल’ले तीर्थराज पाण्डे प्रायोजित ‘अनेसास स्व. लक्ष्मीदत्त पाण्डे सर्वोत्कृष्ट नियात्रा पुरस्कार’ र पदम विश्वकर्माद्वारा प्रायोजित ‘अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार’ ‘अपरिचित अनुहार’ कथाकृतिका लागि महेश पौड्याल पुरस्कृत भएका छन्। सबै सर्वोत्कृष्ट पुरस्कारको रकम एकएक हजार डलर रहेको छ।

 

कार्यक्रममा घोषणा गरिएअनुसार ‘ऊर्जा’ कृतिका लागि खेम रिजालले पुरू सुवेदी तथा कल्पना सुवेदी प्रायोजित ५ सय डलरको ‘अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट  गीत- गजल पुरस्कार’ पाएका छन ।

यसैगरी अनेसासमा उल्लेख्य योगदान पुर्याएवापत मोहन सिटौलालाई ‘अनेसास सुनिल पाठक विशिष्ट पुरस्कार’ प्रदान गरिने भएको छ । सुनिल पाठकद्वारा प्रायोजित उक्त पुरस्कारको रकम २ हजार डलर रहेको छ।

पुरस्कृतलाई आगामी देवकोटा जयन्तीमा अमेरिकाको डिसीमा कार्यक्रमको आयोजना गरि पुरस्कार समर्पण गरिने छ ।

 अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई महासचिव विमला निरौला र सचिव दीप पाठकले सञ्चालन गरेका थिए।

 

Related News

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वार्षिक उत्सव - २०२३ | महासचिव प्रतिवेदनको

Jul 20, 2023

प्रतिवेदनको पूर्णपाठ:

Read More

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वार्षिक उत्सव - २०२३ | पुरस्कृत नतिजा

Jul 20, 2023

पुरस्कृत नतिजाको घोषणाको पूर्ण विवरण:

Read More
« Previous Next »

Showing 45 to 46 of 55 results

1 2 ... 19 20 21 22 23 24 25 26 27 28

Latest AnterDristi

ANNESAS DARPAN

Submit Article

Recent News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 1 year ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 2 years ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 2 years ago
अनेसास निर्वाचन जुलाईमा हुने 2 years ago

Recent Literature

Author Profile
Punarutha 1 year ago Novel
Author Profile
उपहास 5 years ago Muktak
Author Profile
लत 5 years ago Muktak
Author Profile
छैटौँ सम्मेलनमा बेलायती अनुभव 5 years ago Essay

About INLS

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

Latest From Our News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 1 year ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 2 years ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 2 years ago
अनेसास निर्वाचन जुलाईमा हुने 2 years ago

Quick LInks

  • About
  • Contact Us
  • Events
  • FAQ
  • Become a Life Time Members
  • Become a Trustee Members

Contact Info

  • 1727 Horner Road,
    Woodbridge, VA 22191
  • (123) 456-7890
  • president@inls.org
  • generalsecretary@inls.org
  • Language: language@inls.org
  • Literature: literature@inls.org
© 2018 INLS. All Rights Reserved. Developed by: Quackfoot Pvt. Ltd.