|
|
अनेसास, जापानका कार्यक्रमहरु
- भानु जयन्ति सम्पन्न
२००८ मार्च २९,शनिबार।
टोकियो, जुलाई २७
१९५ औ भानु जयन्ति तथा त्रितिय साहित्य श्रीन्खला प्रमुख अतिथी बिमल कोइरालाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा उपस्थित तथा अनुपास्थित कबी कबयित्रीहरुको रचना बाचन् गरिएको थियो । अनेसास जापानको कोसाध्यक्ष्य यसोदा थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम अनेसास केन्द्रिय अद्यक्ष्य डा कुमार बस्नेत, एन आर एन जापानका अद्यक्ष्य भबन भट्टको अतिथ्यमा सम्पन्न भएको थियो ।
नेपाल निप्पोन रिसर्च सेन्टर द्वारा पेन नेपालकालागि प्रधान सम्पादक राम कुमार पाण्डे तथा सम्पादक प्रकाश पौडेल माइला रहनुभएको नेपाली हाइकु पत्रिकाको बिमोचन प्रमुख अतिथीज्यूबाट सम्पन्न भयो । बिमोचन पस्चात सम्पादक माइलाले हाइकु सम्बन्धी कार्यपत्र प्रश्तुत गर्नु भयो । रचना बाचन् गर्नेहरुमा धिसन निरौला,अलोक चालिसे,देबी बहादुर इङ्नाम,पुषकर जङ थापा, सुस्मा ओमाता,प्रकाश पौडेल माइला,छक्कु उदाशी,जित बहादुर सापकोटा,सशी बिक,दिनेश राज ग्यवाली, लगायतका रचनाकार हुनुहुन्थ्यो । त्यस्तै हुलाक मार्फत रचना सम्प्रेशन गर्नुहुनेहरुमा नागोया जापानबाट बसन्त प्रकाश गौतम,काठमाडौं बाट प्राद्यापक राम कुमार पाण्डे, सिता शर्मा आदि हुनुहुन्थ्यो । कार्यक्रममा अनेसास जापान र यसका साहित्यिक गतिबिधिका बारेमा अतिथी अनेसास केन्द्रका अद्यक्ष्य कुमार बस्नेत ,एन आर एन जापानका अद्यक्ष्य भबन भट्ट तथा प्रखर बक्ता सुर्य पाठकले भानु भक्तको साहित्यिक योगदानबारे प्रकाश पार्दै बिदेशमा नेपाली साहित्यको लागि भएका योगदान बारे चर्चा गर्नु भयो । कबिता बाचन सँगै कुमार सिम्खडाले नेपाली साहित्यका पाठकका लागि अन्लाइन साहित्य सङ्रह मझेरी {www.majheri.com} कोसुरुवत गरेको जानकारी दिनुभयो । लामो समय देखी नेपाली भाषा र सस्क्रितीको लागि नेपाली लोक न्रित्य, रेडियो कार्यक्रम तथा बाल क्लब मार्फत योगदान पुर्याइ रहेकी जापानी नागरिक युको मल्ल ओकामोतोले नेपाली कला र भाषामा निरन्तर लागिपर्ने बताउनुभयो ।
महासचिब दिनेश राज ग्यवालीको सन्चालन रहेको उक्त कार्यक्रममा आलोक चालिसेले स्वागत मन्तब्य राख्नु भयो ।
- श्रद्घान्जली तथा साहित्यिक श्रृखला 2 सम्पन्न
२००८ मार्च २९,शनिबार।
अन्तरर्राष्ट्रिय साहित्य समाज जापानले पुष्प द्रिश्याबलोकनको पर्ब " हानामी " को अबशरमा दोश्रो साहित्य
श्रृङखला तथा बरिष्ठ साहित्यकार स्वरर्गीय इश्वर बल्लभको श्रद्घान्जली कार्यक्रम सम्पन्न गर्यो ।
जापानको राजधानी टोकियोको अति ब्यस्त शहर उएनोमा अबस्थित उएनो सार्बजनिक उधानमा भएको उक्त
कार्यक्रममा साहित्य प्रति रुचि राख्ने सर्जक तथा स्रोताहरुले प्रकृतिको खुल्ला आकाशमुनी बसेर रच्दै - रमाउंदै
सकृय सहभागीता जनाएका थिए।
कार्यक्रम समाजका सचिव आलोक चालिसेबाट स्वरर्गीय बल्भ प्रति श्रद्घान्जली मन्तव्य साथ उहाँको कृति
' आमाले आत्महत्या गरेको दिन' बारे चर्चा गर्दै जिवनको सँघर्षमय पाटो र साहित्यिकयोगदान बारे
चर्चाकासाथ सुरू गरिएको थियो ।
अप्रिलको पुर्ब संधारमा हरेक बर्ष नै साकुराको फूलले ढकमक्क सिंगारिन्छ जापान । त्यही मनमोहक
बाताबरणलाई आत्मसात गर्दै पैयुँको फूल अर्थात साकुराको सुन्दर बगैचामा बसेर श्रष्ठा र श्रोता बीच सुन्ने र
सुनाउने क्रमले भाषा नबुझे पनि नजिकै बसेका जापानीमीत्रहरूको ध्यान समेत तानिरहेको देखिन्थ्यो । रचना प्रस्तुत गर्नेहरुमा
धिशन निरौला, बेलु थापा, दीनेश राज ज्ञवाली, चण्डी सुबेदी, कुमार सिंखडा, आलोक चालिसे, बेद प्रसाद पौडेल,
भुषण घिमिरे हुनुहुन्थ्यो । छन्द र लयमा बाचित कबिता, पध्य छन्दका कबिता, गजल , मुक्तक र हाईकु लगायतका
रचनाले बाहुल्यता पाएको थियो । मौलिक रचना नहुनेहरुबाट पनि आफुले पढेका साहित्यिक कृति या रचना बारे स्मरण
/ चर्चा गरियो । त्यसरी सक्रियता जनाउनेहरुमा सावानाथ पौडेल, तुलसीदेवी घिमिरे, संध्या सुवेदी,दीवाकर पौडेल
आदि हुनुहुन्थ्यो ।
-
जनवरी ७, २००८ - जापानमा "साहित्य श्रृंखला"को शुभारम्भ
-
नोभेम्बर १८, २००७ - ९९ औं लक्ष्मी जयन्ती
-
नोभेम्बर ५, २००६ - ९८ औं लक्ष्मी जयन्ती
-
अक्टोबर १, २००६ - नेपाली कथा संग्रहको प्रकाशन
-
अगष्ट १, २००६ - "उमा" महाकाव्य प्रकाशन
-
अक्टोबर ३०, २००५ - ९७ औं लक्ष्मी जयन्ती
|
अन्तराष्ट्रिय नेपाली साहित्य समाज, जापान
|
|
|
|