प्रमुख पृष्ठ
हाम्रो परिचय
कार्यसमिति
कार्यक्रमहरु
अतिथीको कलम
नयाँ रचनाहरु
समाचार तथा रिपोर्ट
सूचना तथा जानकारी
सम्पर्क तथा प्रतिकृया
मुख्य कार्यालय
सम्बन्धित साइटहरु
     


ए मेरो राजा


कुनै समय राजा बीरेन्द्रलाई सहित्यकार धुंस्वा सायमीले सुनाएको कविता यस्तो थियो

ए मेरो राजा

तिम्रो चारैतिर दासैदास मात्रै छन

लासैलासमात्र छन

के तिम्रो यतिमात्र इच्छा हो

यी दासहरुको राजा बनिरहने

यी , लासहरुको राजा बनिरहने
यस कविताले त्यतिबेला दरबारमा सनसनी मच्चाएको थियो । बाद र बन्धनमा नरही स्वच्छन्द ढंगमा आधा शताब्दीदेखि लेखनमा सक्रिय गोविन्दबहादुर मानन्धरको साहित्यिक नाम धुंस्वा सायमी थियो । शुरुमा नेपालभाषामा लेखिएको गंकी उपन्यास पछि नेपाली, हिन्दी र अंग्रेजीमा समेत अनूदित छ । यसबाहेक, सायमीका उपन्यासहरू दीपा, खरानीको बस्ती, मंगाः तथा एकांकी हिमाल क्रन्दन प्रकाशित छन् ।



राजधानीमा राष्ट्रिय साहित्य गोष्ठी

नेपाल जापान डट् कम् सम्वाददाता
काठमाडौं
फागुनको प्रथम शनिबारबाट काठमाडौंमा राष्ट्रिय साहित्य संगोष्ठी सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको गोष्ठीमा चौधै अञ्चलका कवि, कलाकार तथा साहित्यकार सहभागी छन् । गोष्ठीमा सामाजिक रुपान्तरण, गरुङ, लिम्बू, मगर, तामाङ, राई, मैथली, भोजपुरी र अवधि भाषाको अवस्थाका साथै तिनका समस्या, राष्ट्रिय संस्कृतिको स्वरुप र नीतिका बारेमा छलफल हुँदैछ । गोष्ठीमा विभिन्न भाषाका १९ वटा कविता वाचन गरिने कार्यक्रम छ । गोष्ठी उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पृथ्वीसुब्बा गुरुङले भाषा, कला र संस्कृतिमा अग्रगामी सुधार ल्याउन संस्कृति नीति ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । गोष्ठी फागुन ७ गतेसम्म चल्नेछ ।



टिकट काटेर कविता पाठ

समुद्रपारि डट कम सम्बाददाता
साहित्यका पाठक कम भएको अवस्थामा एकजना कवयित्रीले टिकटमा कविता कार्यक्रम गरिन् । सविना सिन्धु नेपालकी प्रथम कवयित्री हुन्, जसले आफ्ना कवितालाई श्रोतामाझ टिकट बेचेर वाचन गरिन् । गतवर्षसुरु भएको उनको यो यात्रालाई यस वर्षपनि निरन्तरता दिइएको छ । साहित्यप्रति हेय भावना राख्नेहरू देखेर चित्त दुखाउने सविना संगीत, फेसन शोहरूमा टिकट काटेर कार्यक्रम हुनसक्छ भने साहित्यमा किन हु“दैन भनेर आफू लागिपरेको बताउ“छिन् । समसामयिक विषयमा कविता लेख्ने सविनाको परविर्तन तथा सर्ूयाेदयको क्यानभास कविता संग्रह प्रकाशित छन् । सिन्धुले अहिले कथा लेखनतिर पनि हात हालेकी छिन् । उनको पहिलो कथा 'कोष्ठकभित्रका बन्द' ले एकेडेमीबाट पुरस्कार पाएको छ । रसियन कथाकार एन्थोनीका कथाबाट प्रभावित सिन्धुले शब्द संयोजन युवा कथा पुरस्कार पनि प्राप्त गरेकी छिन् । सविना पारजात द्वैमासिक तथा बलेनी कविता क्यालेन्डरकी सम्पादक हुन् ।


अन्तराष्ट्रिय नेपाली साहित्य समाज, जापान केन्द्र

मियामाय, टोक्यो, जापान