स्वागतम् अन्तराष्ट्रिय नेपाली साहित्य समाज, जापानको होमपेजमा
समाचार/बिबिध
हार्दीक समवेदना सम्पूर्ण साहित्य सर्जक तथा सहित्यानुरागि मित्र-बन्धुहरु!!!
नेपाली साहित्यका धरोहर, उज्वल नक्षेत्र, नेपाली आख्यान क्षेत्र का महान शिल्पी, कथाकार तथा सहित्यकार रमेश बिकल को ८० बर्ष को उमेर मा निधन भयको खबरले हामि सबै लाइ मर्महात् बनायको छ । यो दुख को घडीमा वहाँको आत्माले चिर शान्ति प्राप्त गरोस् र परिवारजन ,इस्टमित्र, शुभचिन्तक, साहित्यिक स्रस्टा एबं समग्र नेपाली-जन मा परमेशवर ले धैर्य धारण गर्न सक्ने क्षमता प्रदान गरुन् भन्ने कामना गर्दछु ।
नातागत हिसाबमा,वहाँ अनेसास जापान का महासचिब आलोक चलिसे को आफ्नै हजुरबुवा समेत हुनुभयकोले अनेसास जापान च्याप्टरलाई अझै ठुलो चोट् पुगेको महसुस् भएको छ ।
साहित्यकार रमेश विकलको असमायिक निधन प्रति अनेसास जापान गहिरो दुख व्यक्त गर्दछ र शोकसन्तप्त परिवार प्रति हार्दीक समवेदना प्रकट गर्दछ ।
अनेसास जापान परिवार
टोकियोमा साहित्यक भेटघाट तथा साहित्यिक श्रृखलाको प्रारम्भ
जापानमा १०० औं देवकोटा जयन्ती मनाईयो
अनेसास जापानको आयोजनामा कार्तिक २४ गते टोक्यो मा १०० औ लक्ष्मी जयन्ती कबिता बाचन , पत्रीका,बिमोचन र बिशिष्ट ब्यक्तिहरुको सम्मान गरी मनाइयो ।
च्याप्टरका अध्यक्ष बेलु थापाको सभापतित्व मा भएको उक्त कार्यक्रम का प्रमुख अथिती महामहिम डा. गणेश योन्जन तामाङले प्रकाश पौडेल माइलाको सम्पादकीय रहेको बिबिध साहित्य संगालो `साकुरा फुल्दा ` को बिमोचन गर्नु भयो ।`साकुरा फुल्दा`मा अनेसास जापान साहित्य शृंखला तीन मा वाचन गरिएका रचनाहरु संकलन गरिएको छ ।`साकुरा फुल्दा`को समिक्षा गर्दै नेपाली दूताबासका उपनियोग प्रमुख तथा साहित्यकार दुबसु क्षेत्रीले अनेसास जापानको कार्यको प्रशंशा गर्दै यसले निरन्तरता पाओस भन्ने शुभकामना ब्यक्त गर्नुभयो भने सम्पादक माइलाले आफ्नातर्फ बाट मन्तब्यका साथमा नेपाली साहित्यमा हाइकु बिषयक कार्यपत्र पनि प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा जापानमा नेपाली भाषा साहित्य कला र संस्कृती प्रति समर्पित जापानी नागरिकहरु हारुहितो नोजु (साहित्यकार ,कलाकार ,अनुबादक ),इतो युकी (अध्यक्ष जापान नेपाल सोसाइटी ),युकी ओकामोतो मल्ल (नेपाली नृत्य प्रशिक्षक ), माशाका युगुची ( मुनामदनको जापानी भाषामा अनुबादक ) तथा अनेसास जापान स्थापना हुनु भन्दा अघि जापान मा बिबिध-साहित्यिक कार्यक्रम सम्पन्न गर्दै आएको नेपालीहरुको संस्था अन्तर्राष्ट्रिय नेपाली समाज जापान लाई सम्मानित गरियो । सम्मानित ब्यक्तित्वहरुले मन्तब्यका क्रममा यो सम्मान ले आफ्नो जिम्मेवारी बढाएको महशुश गरेको र अझ अगाडी बढ्न प्रेरणा मिलेको बताउनुभयो ।
कवि गोष्ठीमा आ-आफ़्ना रचना वाचन गर्ने तथा पठाउने श्रष्टाहरुमा समुद्रपारी डट कमका प्रधान सम्पादक तिलक मल्ल , सीता शर्मा, रामकुमार पाण्डे, अच्यूत तिवारी, सीएम कँडेल, हिमाल भट्टराई, प्रकाश पौडेल माईला, कुमार सिंखडा, भीष्म सुबेदी, दिनेशराज ज्ञवाली, शशि विक, देवी इङनाम, पुष्कर थापा, आलोक चालिसे, महेश श्रेष्ठ, धिषण निरौला, चण्डी सुबेदी、 रवीन्द्रप्रसाद ढकाल ,सन्देश पोखरेल लगायत कार्यक्रममा एनआरएन जापानका अध्यक्ष तथा गीतकार भवन भट्टले हाइकुका साथै आफ्नो भर्खर बजारमा आएको एल्बम हीराका केहि गीत हरु बाचन गर्नु भएको थियो
समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै राजदूत डा. योञ्जनले नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानबारे प्रकाश पार्नुहुदैं साहित्यमा आफ़्नो पनि अत्यन्तै रुची रहेको र बिगतमा आफु बिभिन्न साहित्यिक पत्रपत्रिकाहरुमा संलग्न रहेर साहित्यिक गतिबिधिहरुमा सक्रिय रहेको स्मरण गर्नुभयो । उहाँले आफ़्नो रिटायर्ड जीवन पनि साहित्यमै खर्चिने मनशाय ब्यक्त गर्दै नेपालका वरिष्ठ साहित्यकारहरुलाई जापान आमन्त्रण गरी साहित्यिक छलफल चलाउने राजदूताबासको सोंच रहेको समेत खुलासा गर्नुभयो । जापानमा आशालाग्दा साहित्यिक प्रतिभाहरु रहेको आफुले पाएको र यसको उचित मलजल गरिनुपर्ने पनि राजदूत योञ्जनको धारणा थियो । नेपाली साहित्यका शिखर पुरुष लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा माल्यार्पण गरी शुरु गरिएको सो कार्यक्रममा महासचिव दिनेश ज्ञवालीको सञ्चालन र सचिव आलोक चालिसेको स्वागत भाषण रहेको थियो ।
भानु जयन्ति सम्पन्न
श्रद्घान्जली तथा साहित्यिक श्रृखला 2 सम्पन्न
टोकियोमा ९९ औं लक्ष्मी जयन्ती सम्पन्न
९९औं लक्ष्मी जयन्तीमा वाचन गरिएका कविताहरु
अनेसास जापानको चौथो कार्यसमितिको चयन
टोकियोमा ९८ औं लक्ष्मी जयन्ती सम्पन्न
अनेसास जापानको तृतीय कार्यसमितिको चयन
कविलाई छोरी दिने र
अनेसास जापानको बिधान संसोधन
शिघ्र प्रकाशन हुँदैछ - छहारी (कथा संग्रह)
|