प्रमुख पृष्ठ
हाम्रो परिचय
कार्यसमिति
कार्यक्रमहरु
अतिथीको कलम
नयाँ रचनाहरु
समाचार तथा रिपोर्ट
सूचना तथा जानकारी
सम्पर्क तथा प्रतिकृया
मुख्य कार्यालय
सम्बन्धित साइटहरु

      g]kfnL kmG6 ;Dks{ k|lts[of       

जापानमा कविता महोत्सव कार्यक्रमको आयोजना

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)जापानको आयोजनामा टोकियोको ओमोरिमा लक्ष्मी-जयन्तीको उपलक्ष्यमा “कविता महोत्सव” कार्यक्रमको आयोजना गरियो। कार्यक्रम नेपाली राजदुतावासका प्रथम सचिव तथा साहित्यकार दुबसु क्षेत्रीज्‍यूको प्रमूख आतिथ्यमा सम्पन्न भएको थियो। सो अवसरमा वहाँले आफ्नो साहित्यिक तथा अनेसाससितको सम्बन्धको बारेमा चर्चा गर्देआफ्ना रचनाहरु पनि सुनाउनु भएको थियो । कार्यक्रममा उपस्थित र अनुपस्थित दर्जनौँ श्रष्टाका‍ कविता, गीत, गजल तथा हाइकुहरु वाचन गरिएका थिए । यसरी आफ्नो रचना वाचन गर्नेहरुमा दिनेश राज ज्ञवाली, पुष्कर थापा, प्रकाश पौडेल, सशि वि क, देवि इगनाम, बेलु थापा, आलोक चालिसे लगायतका स्रष्टाहरु हुनुहुन्थ्यो भने अनुपस्थित रहेर पनि रचना पठाउने स्रष्टाहरुमा बासु श्रेस्ठ, ध्रुब थापा, सुबेश घिमिरे, वसन्त कुमार गौतम, चण्डि सुबेदी लगायतका कविहरु हुनुहुन्थ्यो । कार्यक्रममा स्वागत भाषण गर्दै अनेसास जापानका सचिव कुमार सिंखडाले अनेसास जापानका गतिबिधिहरु माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा अर्का अतिथि शान्ति तथा लोकतन्त्र मञ्च जापानका अध्यक्ष डा . तारानाथ निरौलाले अबको नेपालमा पनि सबै नेपालीहरुलाई एकताको सुत्रमा बाँध्ने नेपाली भाषा नै हो भन्ने कुरा भाषाको राजनिति गर्नेहरुले बुझेर तल्लो छाता ओढ्नेहरुले माथिल्लो छातामा दुलो पार्न खोज्न नहुने कुरा उल्लेख गर्नु भयो । कार्यक्रमका अर्का अतिथि तथा नेपाली विध्यार्थी समाज जापानका पुर्व अध्यक्ष जिज्ञान कुमार थापाले देवकोटाको देन माथी चर्चा गर्नु भएको थियो । सुरिलो साहित्यिक स्वरमा कार्यक्रम अनेसास जापानका उपाध्यक्ष बेलु थापाले सञ्चालन गर्नु भएको थियो भने कोषाध्यक्ष यसोधा थापाले अनेसास जापानको आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो । साथै कार्यक्रममा अनेसास जापानको चौथो कार्य समिति चयनका लागि संयोजकको रुपमा जिज्ञान कुमार थापालाई चयन गरिएको छ जसले केहि दिनभित्रमा कार्य समितिको तय गर्नेछ। कार्यक्रमको समापन गर्दै कार्यक्रमका साभापति तथा अनेसास जापानका अध्यक्ष वेद पौडेलले सहभागि सबैलाई धन्यबाद दिँदै आफ्नो कार्यकालमा अनेसास जापानको दोस्रो र तेस्रो कार्य समितिलाई सहयोग गर्ने सबैमा आभार प्रकट गरेका थिए।

नवगठित कार्य समितिको घोषणा तथा साहित्यकारहरुको भेटघाट

२ डिसेम्बर, ०७ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको नवगठित कार्य समितिको घोषणा साहित्यकारहरुको भेटघाट तथा रात्रीभोज कार्यक्रमकाबिच आईतबार टोकियोमा सम्पन्न भयो । साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व केन्द्रिय अध्यक्ष दुवसु क्षेत्री तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरका पूर्व अध्यक्ष पुनम क्षेत्रीको जापानमा स्वागत गर्दै घोषणा कार्यक्रमको संचालन अनेसास जापानका अध्यक्ष वेदप्रसाद पौडेलले गर्नुभएको थियो । नव गठित ११ सदस्यीय कार्यसमितिको अध्यक्षमा बेलु थापा उपाध्यक्षहरुमा सुवेश घिमिरे, डा.बसन्तकुमार गौतम, प्रकाश पौडेल “माईला” महासचिव दिनेशराज ज्ञवाली, सचिव आलोक चालिसे, कोषाध्यक्ष यशोदा बस्नेत, सदस्यहरुमा देवी ईङनाम, छक्कु उदासु, शसी बिक र पुस्करजंग थापा रहनुभएको छ । सल्लाहकारहरुमा दुवसु क्षेत्री र बेदप्रसाद पौडेललाई चयन गर्नुका साथै नव गठित कार्यसमितिले मानार्थ अध्यक्षका रुपमा साहित्यकार पुनम क्षेत्रीलाई चयन गरेको कुरा निर्वाचन समितिका संयोजक जिज्ञानकुमार थापाले जानाकारी दिनुभएको थियो । कार्यक्रमको अन्तमा सल्लाहकार दुवसु क्षेत्री, वेदप्रसाद पौडेल, जिज्ञानकुमार थापा र निवर्तमान सचिव कुमार सिंखडा, लगायतका बक्ताहरुले नवगठित कार्यसमितिलाई बधाइ मन्तव्य दिनुभएको थियो ।