जापानमा "साहित्य श्रृंखला"को शुभारम्भ
नेपाली भाषा, कला र
साहित्यप्रति रुचि राख्ने जापानवासी नेपालीहरुको नियमित भेटघाटका निम्ति
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले आईतवार टोकियोमा "साहित्य
श्रृंखला" को प्रारम्भ समाजका सल्लाहाकारहरुले आ-आफ्ना रचना वाचन तथा सामुहिक दिप
प्रज्वलन गरी शुरु गरियो ।
महासचिव दिनेशराज ज्ञवालीको संचालनमा भएको प्रारम्भिक कार्यक्रममा अनेसास जापानका
हालसम्मका सल्लाहाकार क्रमस दुबसु क्षेत्री, पाण्डवराज कार्की, डा. कुमार बस्नेत र
बेदप्रसाद पौडेलले आ-आफ्ना रचना वाचन र सामुहिक दीप प्रज्वलनकासाथ अनेसास जापानले
नेपाली डायस्पोरा साहित्यमा पहिलो पल्ट नियमित साहित्यिक जमघटका निम्ति "साहित्य
श्रृंखला"को शुरुवात गरेको जानाकारीका साथ कार्यक्रम अगाडि बढेको थियो ।
"साहित्य श्रृंखला" तथा अनेसास जापानका भावीकार्यक्रमहरुबारे अनेसास जापानका
अध्यक्ष बेलु थापाले जानाकारी दिदै हाइकु तथा गीत सुनाउनु भएको थियो ।
रचना वाचनमा कुमार सिंखडाले पुस्तक समिक्षा, पुस्करजंग थापा-कविता, सुष्मा
ओमाता-कविता, चण्डि सुवेदी-मुक्तक, तांका, बिष्णु खत्री-गित, मुक्तक, दिनेशराज
ज्ञवाली-गजल, प्रकाश पौडेल"माईला"गजल, हाईकु, शसि बिश्वकर्मा-कविता, तिलक मल्ल-कविता
(प्राप्त) आलोक चालिसे-निवन्ध, हाईकु, पारशमणी पोखरेल-गित (प्राप्त) हुनुहुन्थ्यो ।
कार्यक्रमको अन्तमा वाचित रचनाहरुमाथि पाण्डवराज कार्कीले समिक्षा गर्नुभएको थियो ।
अनेसास जापानका भावी कार्यक्रमहरुबारे छलफल पश्चात आगामी "साहित्य श्रृंखला-२"
जापानको साकुरा पुष्प अवलोकन (हानामी) को अवसरमा साकुराको बोटमुनी गरिने कुरा समाजका
सचिव आलोक चालिसेले जानाकारी गराउनुभयो । कार्यक्रमको समापन अन्तर्राष्ट्रिय नेपाली
साहित्य समाज जापानका अध्यक्ष बेलु थापाले मन्तव्य तथा मुक्तक वाचन साथ गर्नुभएको
थियो ।
@
|
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
|
|
![]() |
![]() |
![]() |
![]() |
![]() |
|
|