साहित्यिक शुक्ला समाज कुवैत गठन भएको दुई महिना नवित्दै यसलाई अन्तराष्ट्रिय नेपाली साहित्य समाजमा आवद्ध गरिएको छ । सो समितीले शुक्ला समाजलाई कुवैत च्याप्टरका रुपमा परिणत भई समाजको शाखाका रुपमा रुपान्तरण हुन गरेको आग्रहलाई शुक्लाको आज बसेको वैठकले स्वीकार गर्दै आवद्ध हुने निर्णय गरेको हो ।
शुक्ला समाजका अध्यक्ष राजन रिमालको अध्यक्षतामा बसेको वैठकले समाजको पुर्नगठन गर्नुका साथै सस्थाका सल्लाहकारहरुको समेत चयन गरेको छ । समाचार श्रोतका अनुसार परिमार्जित समितीको अध्यक्ष उपाध्यक्ष महासचिव सचिव र कोषादध्यक्षमा राजन रिमाल, आनन्द आर्चाय, तोयानाथ उपेक्षित, मनोज काफ्ले र अर्जुन बहादुर वस्नेत हुनुहुन्छ । यसरी नै सदस्यहरुमा विमल लामिछाने, पुर्खा पुन, केदार नाथ खरेल, नवराज पंथी, कृष्ण प्रसाद आर्चाय, भीम केसी, पूर्णीमा किराँत, गंगा राई, विष्णु पंथी र भूपाल राना “आभास” रहेका छन साथै संस्थमा सल्लाहकारहरु वालकुमार गुरुङ सुजन केसी आर वी बुढाथोकी ठाकुर प्रसाद पौडेल र मान बहादुर भुजेल हुनुहुन्छ ।