कोलोराडोमा सरस्वती पूजा २०१० सम्पन्न
कृष्ण र मनुलाई अभिनन्दन रमा र निर्मल सम्मानित
ज्ञानेन्द्र गदाल
कोलोराडो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा यही जनवरी १७ २०१० का दिन विभिन्न कार्यक्रमहरु सहित यस वर्षको सरस्वती पूजा भव्यताका साथ मनाइयो । यस संस्थाले सन् २००३ देखि हरेक बर्ष आपुनो नियमित कार्यक्रमको रुपमा वशन्तपाचमीको अवसर पारेर सरस्वती पूजा मनाउदै आइरहेको छ । कार्यक्रममा सिर्जना क्षेत्रमा लागेर समाजमा अतुलनीय योगदान दिएका र वौद्धिक रुपले ख्याति कमाएका विशिष्ट व्यक्तित्वहरुको सम्मान गरिनुका साथै विभिन्न साहित्यिक तथा सांगीतिक सिर्जनाहरुको प्रस्तुती समेत गरिन्छ । हिन्दू धर्म र संस्कृति अनुसार विद्या बुद्धि र ज्ञानकी देवी मानिने सरस्वतीको वन्दना अर्चना र सभक्ति स्मरण यस अवसरमा गर्ने परम्परा हामी नेपालीहरुमा रहिआएको छ ।

कोलोराडोवासी नेपालीहरुको सकि्रयतामा मनाइएको सरस्वती पूजा कार्यक्रम यसपटक सधैंकॊ भन्दा बढी महत्वका साथ समपन्न भयो । उक्त कार्यक्रममा नेपाली भाषा साहित्यका प्रखर एवं मुर्धन्य व्यक्तित्वहरु श्री कृष्णप्रसाद पराजुली तथा श्री मनु ब्राजाकीलाई अभिनन्दन गरिनुका साथै नेपालकी वरिष्ठ टेलिभिजन पत्राकार श्री रमा िसंह र नेपाली चलचित्र टेलिचलचित्रहरुमा लामो समयदेखि सशक्त अभिनय गर्नुहुने कलाकार एवं कुशल लेखक श्री निर्मल प्याकुरेललाई सम्मान समेत गरियो ।
अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष ज्ञानेन्द्र गदालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा च्याप्टरका उपाध्यक्ष सुशिल त्रिपाठीले उपस्थित सबैको स्वागत गर्नुभएको थियो महासचिव सुदेश शर्माले च्याप्टरको गतिविधि सम्बन्धी छोटो चर्चा गर्दै हालै हाइटीमा घटित दैवी प्रकोपका कारण विस्थापितहरुको सहयोगार्थ चन्दा संकलनका लागि पनि उपस्थित सबैमा च्याप्टरका तर्फबाट आग्रह गर्नुभयो भने कोषाध्यक्ष प्रमिला शर्माले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । साना नानीहरु रिजुल कार्की र रिशान कार्कीको गणपति प्रार्थना वेदमन्त्रबाट आरम्भ गरिएको सो कार्यक्रममा सहारा कार्की र सरगम गदालले गायत्रीमन्त्र पाठ गरेका थिए । गायिका सीमा पोखरेलले सुमधुर स्वरमा गुरुमन्त्रसहित सरस्वती वन्दना गाएकी थिइन् भने रमेश कार्कीले उनलाई तवलामा साथ दिएका थिए ।
सरस्वती वन्दनापछि श्रष्टा अभिनन्दनको कार्यक्रम शुरु गरियो । यसै क्रममा माचमा उपस्थित वरिष्ठ साहित्यकार श्री कृष्णप्रसाद पराजुली तथा श्री मनु ब्राजाकीलाई खादा पुूलका गुच्छा र टीकाले स्वागत गरेपछि सर्वप्रथम रक्किमाउण्टेनका तर्फबाट संस्थाकी अध्यक्ष निलम श्रेष्ठले दोसल्ला ओढाउनु भयो भने कार्यक्रमका सभापति ज्ञानेन्द्र गदालले अभिनन्दन पत्र हस्तान्तरण गर्नु भयो । अभिनन्दित श्रष्टाहरु श्री पराजुली एवं ब्राजाकीलाई प्रदान गरिएको अभिनन्दन पत्र क्रमशः राजेन्द्र शर्मा र विजयराज शर्माले पढेर सुनाउनुभएको थियो । अभिनन्दित व्यक्तित्वहरुले आपुनो मन्तव्यको क्रममा विदेशमा रहेर पनि नेपाली भाषा साहित्य कला र संस्कृतिप्रति कोलोराडोवासी नेपालीहरुले देखाएको चाख र श्रष्टाहरुप्रतिको माया एवं सम्मानले आफुहरु ज्यादै खुशी भएको धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा सम्मानित प्रतिभाहरु सर्वश्री रमा िसंह र निर्मल प्याकुरेललाई पनि माचमा खादा पुूल र टीकाले स्वागत गरी कार्यक्रमका सभापति श्री गदालले सम्मान पत्र हस्तान्तरण गर्नुभयो । वहांहरुलाई प्रदान गरिएको सम्मान पत्र क्रमशः कृष्णमुरारी ढंुगेल र रत्न भण्डारीले पढेर सुनाउनुभयो । सम्मानित प्रतिभाहरुले आफ्नो योगदानको कदर स्वरुप पाएको यो सम्मानले आफुलाई ज्यादै खुशी तुल्याएको र आगामी दिनहरुमा पनि आपुनो क्षेत्रबाट राष्ट्र र समाजका लागि सशक्त योगदान पु्याउनुपर्ने कुरामा थप जिम्मेवारी वोधका साथ उर्जा मिलेको समेत धारणा व्यक्त गर्नुभयो ।
करीव १५० को संख्यामा स्थानीय नेपालीहरुको उपस्थिति रहेको उक्त सरस्वती पूजा कार्यक्रमको दोश्रो चरणमा राखिएको कविगोष्ठि समय अभावका कारण रोक्नुपरेको थियो । यसबाट उत्साहपूर्वक कविता वाचन गर्न भनि आएका कविहरु केही निराश देखिए पनि आयोजकको वाध्यतालाई बुझेका कारण धैर्य नै देखिएका थिए उनिहरु । अन्तमा हलको समय सीमाका कारण कविगोष्ठी स्थगन गर्नुपरेको प्रति क्षमा याचना गर्दै कार्यक्रमका सभापतिले विधिवत कार्यक्रमको अन्त्य गर्नुभयो । कार्यक्रम पश्चात सबैले आपुनो घरबाट ल्याएको विभिन्न प्रकारका खाना सहित प्रसादको व्यवस्था समेत गरिएको थियो ।