Overview Members Chapters & Reps Publications Awards Announcements Events
  Global Partners Membership Discussion Board Projects Feedback Contact Us Home
 
Member's Login
username
password
 
Not a member?
Apply for Membership!!!
   INLS Calendar of EVENTS
 
INLS Chapter Websites: New York | Florida | Japan | Hong Kong | United Kingdom | Australia | Germany | United Arab Emirates | Kingdom of Saudi Arabia | Kuwait | All INLS Chapters
VoteNet Solutions, Washington DC honors INLS for conducting election online and saving trees.
It donates 10 tree seedlings to Sustainable Harvest International. View Honor Certificate | Election Results | New Officers

Sajha Prakashan, Nepal officially congratulates new INLS HQ Officers. View Letter

INLS HQ, DC Metro Chapter Organized Devkota Shatabarshi 10/29/2009)

प्रेस-विज्ञप्ति

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज देवकोटा जन्मशताब्दी विशेष पुरस्कार वितरण समारोह वाशिङ्गटन डी।सी
अक्टोबर २५ २००९


 
अक्टोबर २५ २००९ । अन्तर्राष्टिय नेपाली साहित्य समाज केन्द्रीय कार्यालय र अन्तर्राष्टिय नेपाली साहित्य समाज डिसी च्याप्टरद्वारा आयोजित महाकवि लक्ष्मीप्रसाद देवकोटा शतवार्षिकी कार्यक्रम एवम् अनेसास पुरस्कार वितरण समारोह सेन्ट्रलभिल पब्लिक लाइब्रेरी भर्जिनियामा सम्पन्न भयो । उक्त कार्यक्रमको सभापतित्व अनेसास डिसी च्याप्टरका अध्यक्ष श्री शरद निरौलाले गर्नुभएको थियो । उक्त कार्यक्रममा नेपाली राजदूतावास बाशिङटन डिसीस्थित कार्यवाहक राजदूत श्री कालीप्रसाद पोखरेल प्रमुख अतिथि एवम् प्रथम सचिव श्री आनन्द शर्माको उपस्थिति थियो । कार्यक्रमको साचालन अनेसासका पूर्व अध्यक्ष श्री भीम रेग्मी तथा स्वागत मन्तव्य डिसी च्याप्टरका उपाध्यक्ष श्री नारायण अधिकारीले गर्नुभएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि श्री कालीप्रसाद पोखरेलले पानसमा बत्ति प्रज्ज्वलन गर्नुभई कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । त्यसपछि कार्यक्रममा उपस्थित अन्य अतिथि एवम् उपस्थित महानुभावहरुले महाकविको तस्बिरमा माल्यार्पण गरी श्रद्धा अर्पण गरेका थिए । 
उक्त महाकवि शतबार्षिकी कार्यक्रमका भर्जिनिया डिसी र मेरिल्याण्ड क्षेत्रबाट उपस्थित विभिन्न कवि तथा कवियित्री श्री होमनाथ सुवेदी श्री पुरु सुवेदी श्रीमती माजु निरौला श्री नारायण अधिकारी श्री गोविन्द गिरी ुप्रेरणाु श्री प्रकाश नेपाल श्री रविन्द्र श्रेष्ठ श्रीमती रजनी श्रेष्ठ श्रीमती गंगा लिगल श्रमिती कमला खरेल श्री चेतन सिटौला श्री आशीष सिटौला श्री मनिष वस्ताकोटी र बाल कवितामा बाल कवियित्री पि्रया सुवेदी लगायतहरुले आ-आफ्ना अप्रतियोगी कवितारचनाहरु पाठ गर्नुभएको थियो ।


यसैगरी समस्यापूर्ती कविता प्रतियोगितामा भाग लिनुहुने कवि÷कवयित्रीहरुमध्ये श्री नारायण अधिकारी प्रथम श्री आशीष सिटौला द्वितीय र श्रीमती कमला खरेल तृतीय हुनुभएको थियो । उहाँहरुलाई नेपाली राजदूतावासका प्रथम सचिव श्री आनन्द शर्माज्यूले प्रमाणपत्र वितरण गर्नुभयो । समस्यापूर्ती कविता पाठ गर्नुहुने अन्य कवि÷कवयित्रीहरुमा श्रीमती मंजु निरौला श्रीमती रजनी श्रेष्ठ श्री प्रकाश सुवेदी श्री मोहन निरौला श्री रामचन्द्र भट्टराई श्रीमती शोभा पोखरेल हुनुहुन्थ्यो ।य


स्तै नेपालमदरडटकमका साचालक एवम् लोकगायनका स्वरधनी रामप्रसाद खनालले यसपाली २०६६ को दशैं-तिहार आमाबुबा तथा दिदीबहिनीका साथमा मनाउन नपाउनुको पीडालाई गायनमा कलाकार टीका कुमार पुनले समसामयिक नेपाली राजनीतिलाई व्यंग्यवाणले प्रहार गर्नुको साथै गायक खेम संग्रौलाले आफ्नो मीठो स्वरमा महाकवि देवकोटाको रचना प्रस्तुत गरी कार्यक्रमलाई अत्यन्तै रोचक बनाउनुभएको थियो । 

महाकवि देवकोटा जन्म-शताब्दीका सन्दर्भमा देवकोटाका कविता एवम् कृतिहरुको बारेमा डा। रामेश्वर अधिकारी श्री शिवप्रसाद सत्याल ुपीठु एवम् श्री होमनाथ सुवेदीज्यूहरुले समीक्षा गर्नुभएको थियो ।

अनेसास केन्द्र र च्याप्टरहरुले देवकोटामय डायस्पोरा बनाउन र देवकोटा माच अक्टोबर २००९ मनाउन सवै च्याप्टरहलाई आव्हान गरेअनुसार विश्वभरि नै विभिन्न च्याप्टरहरुले देवकाटो जन्म शताब्दी मनाएका समाचारहरु प्रकाशित भइरहेका छन् । यसै सिलसिलामा अनेसास न्युयोर्क च्याप्टर अनेसास नेब्रास्का च्याप्टर अनेसास जापान च्याप्टर एवम् इजरायल बेलजियम कोलोराडो काठमाडौ मलेशिया आदि च्याप्टरहरुले सकि्रयातापूर्वक देवकोटा जन्म शताब्दीलाई सफलतापूर्वक मनाए भन्ने कुराको समारोहमा मूल्याङ्न गरियो ।


आजको कार्यक्रमकै सन्दर्भमा अनेसास तथा नर्दन भर्जिनिया नेपाली स्पोर्टस क्लवको संयुक्त आयोजनामा देवकोटा शतवार्षिकी मैत्रीपूर्ण सकर प्रतियोगिता सम्पन्न भयो । यसअन्तर्गत नीलो टीमका क्यापेटन पदम रेग्मी र रातो टीमका क्याप्टेन विशेष श्रेष्ठले नेतृत्व गरेका थिए । प्रतियोगितमा नीलो टीमका तर्फबाट पदम रेग्मीले २ गोल सुन्दरले १ गोल र आलेक्स बस्नेतले १ गोल गरी ४ गोल प्राप्त गरी विजयी भएको थिए भने प्रत्युत्तरमा रातो टीमका ईश्वरी पौडेलले १ अनिशा गिरीले १ र विशेष श्रेष्ठले १ गरी जम्मा ३ गोल गरेका थिए । विजयी हुने नीलो टीमलाई अनेसासको पुरस्कार वितरण समारोहमा प्रथम विजयी प्रमाणपत्र वितरण गरिएको थियो । उक्त प्रतियोगितामा अनेसास तथा देवकोटा जन्मशताब्दीका को-अर्डिनेटर भीम रेग्मी चेतन सिटौला शरद निरौला र ए।एन।ए।sा मेदिनी अधिकारी ए।एन।एस।sा लक्ष्मी गौडेल आदि खेलप्रेमीहरुको उपस्थिति थियो । 
अनेसासका १८ वटा पुरस्कारहरुमध्ये एवार्डहरुको वितरण गत अगस्त १५ मा भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा र अक्टोबर १२ मा अनेसासको सोल्टीमा भएको कार्यक्रममा वितरण भैसकेका थिए । अठारौ पुरस्कार हो ुअनेसास नारायण तथा जयन्ता उत्कृष्ठ वेभ पत्रकारिका पुरस्कार २००८ु । नेपाली साहित्यको सर्वोत्कृष्ट वेव पत्रकारिताका लागि ई।सं।२००८ को ुअनेसास नारायण  तथा जयन्ता प्रसाई वेभ पत्रकारिता पुरस्कारु समकालीन साहित्य- संस्थापक तथा प्रधान सम्पादक श्री कृष्ण बजगाईलाई प्रदान गरियो । सो पुरस्कार उहाँको अनुपस्थितिमा उहाँले इच्छाएकी प्रतिनिधि नन्दा देवी सुवेदीलाई अनेसास डिसी च्याप्टरका अध्यक्ष शरद निरौलाले हस्तान्तरण गर्नुभयो । यो पुरस्कार नगद यु।एस्। डलर २००।०० र सम्मान पत्र छ । यो अनेसासले प्रत्येक वर्ष प्रतियोगिता गराएर पहिला आएका पत्रिकालाई प्रदान गर्दछ । यो पुरस्कार अनेसासकी केन्द्रीय कोषाध्यक्ष कमला प्रसाईले उहाँको बाबु-आमाको संझनामा स्थापना गर्नुभएको हो । समारोहमा अनेसासका १८ वटै पुरस्कारका उपस्थित तथा अनुपस्थित प्रायोजकहरुलाई करतलध्वनीका साथ सम्मान प्रदान गरिएको थियो ।
अनेसासकी केन्द्रीय कोषाध्यक्ष कमला प्रसाई अस्वस्थताको कारणले उपस्थित हुन नसकेकाले अनेसास बिओटीका कोषाध्यक्ष बासु सत्यालले एवार्ड अक्षय ट्रस्ट फन्डमा जम्मा यु।एस्। डलर ३५३२४।०० भएको र अझै यस एवार्ड बितरणको खर्च विवरण नेपालबाट आइनपुगेकोले यसको विस्तृत विवरण अनेसासको दिसम्बरमा वर्षान्त मूल्याङ्कन बैठकमा प्रस्तुत गर्ने जानकारी दिनुभयो र बिओटीका अध्यक्षले अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको डोनेशन र रजिष्ट्रेशनबाट आय ५३२०।६७ भएको र खर्च अपुगलाई अनेसासका आजीवन सदस्यता शूल्कबाट उठेको ४३०।६८ डलर थपेर खर्च पूरा भयो भन्ने ट्रजरी कमिटीबाट थाहा भएको र अझै कन्फेरेन्स स्मारिका प्रेसबाट आइनसकेको कुरा बिओटीका अध्यक्ष होमनाथ सुवेदीबाट जानकारी दिइएको थियो । अनेसासका पदाधिकारीहरुले पसिना काढेर विभिन्न स्थानमा अनेसासको सेवा गरिरहेका छन् भन्ने कुराको  विशेष उल्लेख गर्दै अनेसासको ऐतिहासिक व्याख्याको कार्यपत्र प्रस्तुत गरेर देवकोटामय डायास्पोरा बनाउन देवकोटाले हामीलाई थप प्रेरणा दिऊन् भन्ने कुरा बिओटीका अध्यक्ष होमनाथ सुवेदीले कवितात्मक भाषामा प्रस्तुत गरेका थिए ।
अनेसास केन्द्रबाट यो कार्यक्रम सफल बनाउन मनोनित आयोजक समितिका संयोजकहरु भीम रेग्मी शरद निरौला खेम भट्टचन कमला प्रसाई चेतन सिटौला र कृ्रष्ण बजगाईको सकि्रयता सह्रानीय देखियो । यस्तै दुर्गा सिटौलाको सेवा अनुकरणीय थियो भन्ने पर्यवेक्षकको भनाइ रहेको थियो ।
कार्यक्रमको अन्तमा उपस्थित सबै महानुभावहरुलाई कार्यक्रम आयोजकको तर्फबाट जलपानको पनि आयोजना गरिएको थियो । धेरै आतिथ्य सत्कार गर्न नसकिए पनि शिष्टाचारस्वरुप समोसा-अचार र चिसो पेय पदार्थको व्यवस्था सानै भए पनि सह्राहनीय नै मान्नुपर्छ ।


नारायण अधिकारी
उपाध्यक्ष
अनेसास डिसी च्याप्टर
२५ अक्टोबर २००९

 

Handbook  |  By-Laws  |  Election Guideline  |  Code of Ethics
all rights reserved © INLS, Washington D.C. 2006