टोकियो,
2009/10/25
तोगोसि कोएन स्थित एभरेष्ट हलमा अनेसास जापान द्वारा महाकबि लक्ष्मिप्रसाद देवकोटाको शत्बार्षिकि तथा साहित्य शृंखला ८ बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बेलु थापाको सभापतित्वका साथ शुरु भएको कार्यक्रमका प्रमुख अतिथि अनेसासका केन्द्रीय अध्यक्ष डा कुमार बस्नेत तथा एन आर एन जापानका अध्यक्ष भवन भट्ट , आइएनसिजे का अध्यक्ष शालिकराम भण्डारी अतिथीको रुपमा उपस्थित हुनुहुन्थ्यो ।महाकबिको तस्विरमा माल्यार्पण गरी शुरु गरिएको त्यस कार्यक्रममा स्वागत मन्तब्य अनेसासका सदस्य धिषण निरौला ले गर्नु भएको थियो ।
कार्यक्रममा उपस्थित तथा अनुपस्थित सर्जकहरु का बिभिन्न रचनाहरु बाचन गरिएको थियो । यसरी रचना बाचन गर्नु हुनेहरुमा पुष्कर थापा , धिषण निरौला , देबी इङ्नाम , शशि बिक , सपना निरौला , भिष्म सुबेदी , मझेरी डट कम का कुमार सिंखडा ,प्रकाश पौडेल माइला ,जनक सुबेदी, सुषमा ओमाता ,भवन भट्ट ,शालिकराम भण्डारी ,दिनेश राज ज्ञवाली आदि हुनुहुन्थ्यो भने अनेसास ट्रष्टीका अध्यक्ष होमनाथ सुबेदीको रचना आलोक चालिसे ले बाचन गर्नु भएको थियो ।
कार्यक्रममा जापानमा लामो समय देखि पत्रिका मार्फत जापानबासि नेपालीलाई समाचार,सुचना बाड्दै ,अनेसास स्थापना हुनु भन्दा अगाडि देखि जापानमा साहित्यिक गतिबिधिमा उल्लेख्य योगदान दिदैँ आउनु भएका हाल समुद्रपारी डट कम का प्रधान सम्पादक तथा जापानबाट प्रकाशित हुने साप्ताहिक नेपाली समाचारका अध्यक्ष पत्रकार तिलक मल्ल ज्यु तथा नेपाली संगितलाई जापानका बिभिन्न गाउँहरुसम्म पुर्याउन बिशेष भुमिका निर्वाह गर्नु भएबापत सितार समाज जापानकी अध्यक्ष तथा प्राध्यापिका सुषमा ओमातालाई अभिनन्दन गरिएको थियो ।अभिनन्दित ब्यक्तित्वहरुले अनेसास प्रति आभार प्रकट गर्नुका साथ बिगतका तितामिठा क्षणहरु र जापान मा नेपाली साहित्य र कलालाई आजको चरण सम्म आइपुग्दाको स्थिति बारे आफ्ना भोगाइहरु राख्नु भएको थियो ।
प्रमुख अतिथि तथा अतिथीहरुले मन्तब्यका साथ आफ्ना रचना बाचन गर्नुका साथ साथै देबकोटाको जिबनी र अनेसास जापानका बिभिन्न पक्षहरुमा प्रकाश पार्नु भएको थियो ।सोहि अबसरमा प्रमुख अतिथि तथा अतिथिहरुबाट संयुक्त रुपमा प्रकाश पौडेल “माइला” प्रधान सम्पादक तथा जापान का सम्पादक द्वय दिनेश राज ज्ञवाली र भिष्म सुबेदी रहनु भएको अनेसास केन्द्रको मुखपत्र “अन्तर्दृष्टि” को पूर्णाङ्क ३२ सार्बजनिक गर्नुका साथै जापानबाट प्रकाशित बिभिन्न नेपाली पुस्तक हरुको प्रदर्शनी गरिएको थियो ।
कार्यक्रममा अधिबेशनले २ बर्षका लागि दिनेश राज ज्ञवालीको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ ।जसको उपाध्यक्षमा प्रकाश पौडेल “माइला” ,महासचिब पुष्कर जङ्ग थापा ,सचिब छक्कु उदासी ,सह-सचिब देबी इङ्नाम कोषाध्यक्ष यशोदा थापा तथा सदस्यहरुमा शशि बिक ,धिषण निरौला, चण्डी सुबेदी , भिष्म सुबेदी, सन्देश पोखरेल, शशी बराल , दिबाकर ज्ञवाली , मनिता श्रेष्ठ , मातृका प्रसाद कोइराला , सचिन पाण्डे रहनु भएको छ ।