Overview Members Chapters & Reps Publications Awards Announcements Events
  Global Partners Membership Discussion Board Projects Feedback Contact Us Home
 
Member's Login
username
password
 
Not a member?
Apply for Membership!!!
   INLS Calendar of EVENTS
 
INLS Chapter Websites: New York | Florida | Japan | Hong Kong | United Kingdom | Australia | Germany | United Arab Emirates | Kingdom of Saudi Arabia | Kuwait | All INLS Chapters
VoteNet Solutions, Washington DC honors INLS for conducting election online and saving trees.
It donates 10 tree seedlings to Sustainable Harvest International. View Honor Certificate | Election Results | New Officers

Sajha Prakashan, Nepal officially congratulates new INLS HQ Officers. View Letter

INLS Israel Chapter Organizes Three Days Of Devkota Shatabarshiki Program (10/19/09)
अनेसास इजरायलद्वारा तीन दिवसीय देवकोटा सतबार्षिकी कार्यक्रम सम्पन्न

अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायलद्वारा इजरायलको तेल अभिभमा लक्ष्मी प्रसाद देवकोटाको सतबार्षिकी कार्यक्रम सम्पन्न गरिएको छ । इजरायलमा विभिन्न पेशामा संलग्न साहित्यलाई माया गर्नेहरूको जमघटको वीचमा सम्पन्न सो कार्यक्रममा पहिलो दिन साँझ कार्यक्रम स्थल हार्चियोन ३५ मा नै सय वटा दियो जलाएर दीप प्रज्वलन गरिएको थियो । सो कार्यक्रममा अनेसास इजरायलका अध्यक्ष सुनिल संगम, उपाध्यक्ष, नवराज आचार्य लगायत सल्लाहकार स्याम रोक्का ज्यूहरूबाट दीप प्रज्वलन गरिएको थियो ।
दोश्रो दिन अनेसास इजरायलकै आयोजनामा सम्पन्न देवकोटा सम्बन्धी तथा अन्य साहित्यिक रचनाहरूको वाचन कार्यक्रममा प्रमुख अतिथि नेपाली दुतावासका उपप्रमुख मुक्तिनाथ भट्ट, सचिव विष्णु गौतम तथा सहायक थान प्रसाद शर्मा, त्यस्तै विषेश अतिथि एनआरएन इजरायलका अध्यक्ष भुवन सिंह कुवर, झापाली एकता समाजका अध्यक्ष केशव श्रेष्ठ (मामा) तथा अन्य इजरायलमा भएका संघ संस्थाहरूका पदाधिकारीहरू समेत रहनुभएको थियो । सो अवसरमा सबै वक्ताहरूले अनेसास इजरायल एक विशुद्ध गैर राजनैतिक सँस्था भएकोले यसको सफलताको कामना गर्नुभएको थियो । साथै उक्त कार्यक्रममा रचना वाचन गर्नेहरूमा कृष्ण थापा (अनेसास इजरायलका महासचिव), कवि तथा गीतकार अशोक पार्थिव तामाङ, सुनिल संगम (अनेसास इजरायलका अध्यक्ष), स्याम रोक्का (अनेसास इजरायलका सल्लाहकार), आशा गुरूङ (अनेसास इजरायलका सदस्य), विष्णु भट्टराई (अनेसास इजरायलका सदस्य) शंकर पौडेल (अनेसास इजरायलका सदस्य), टिका खरेल (अनेसास इजरायलका कोषाध्यक्ष), सुनिता राई (अनेसास इजरायलका सदस्य), हरि मानन्धर “विवश” (अनेसास इजरायलका सचिव) रहेका थिए । त्यस्तै रचना उपलब्ध गराउनुहुनेहरूमा कवियित्री तथा गीतकार आचार्य प्रभा (अमेरिका), अविरल अधिकारी (दुवई), साहित्यकार अनुज श्रेष्ठ (कतार) र स्वर्गीय नेत्र प्रसाद न्यौपाने (नेपाल)को रचना उहाँका बेल्जियममा रहनु हुने भतिज सन्तोष न्यौपाने बाट प्राप्त भएको थियो ।

यसै गरि तेश्रो दिन दिन दिपावलीको शुभकामना, अनेसास इजरायलबाट प्रकाशित प्रथम द्वैमासिक नेपाली पत्रिका “मेरो नेपाल”को लोकार्पणको कार्यक्रम थियो । सो कार्यक्रममा विशेष अतिथिहरू नेपाली दुतावस इजरायलका थान प्रसाद शर्मा, एनआरएनका अध्यक्ष भुवन सिंह कुवर र अनेसास इजरायलका सल्लाहकार दिवाकर अधिकारी ज्यूहरूबाट संयुक्त रूपमा उक्त पत्रिकाको लोकार्पण गरिएको गरिएको थियो ।



Handbook  |  By-Laws  |  Election Guideline  |  Code of Ethics
all rights reserved © INLS, Washington D.C. 2006