Overview Members Chapters & Reps Publications Awards Announcements Events
  Global Partners Membership Discussion Board Projects Feedback Contact Us Home
 
Member's Login
username
password
 
Not a member?
Apply for Membership!!!
   INLS Calendar of EVENTS
 
INLS Chapter Websites: New York | Florida | Japan | Hong Kong | United Kingdom | Australia | Germany | United Arab Emirates | Kingdom of Saudi Arabia | Kuwait | All INLS Chapters
VoteNet Solutions, Washington DC honors INLS for conducting election online and saving trees.
It donates 10 tree seedlings to Sustainable Harvest International. View Honor Certificate | Election Results | New Officers

Sajha Prakashan, Nepal officially congratulates new INLS HQ Officers. View Letter

INLS Beligum Chapter Devkota Shatabarshiki Program Press Release (10/14/09)
बेल्जियममा महाकवि देवकोटा शताब्दी समारोह सम्पन्न
११ अक्टोवर, ब्रसेल्स


   महाकवि लक्ष्मीप्रसाद देवकोटाको शताब्दी समारोह बेल्जियमको ल्युभेन सहरमा भब्यताका साथ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरद्धारा आयोजित उक्त समारोह राष्ट्रिय गानबाट सुरुवात गरिए पछि महाकविको तस्विरमा माल्यापर्ण गरिएको थियो ।
    कार्यक्रममा महाकविको ब्यक्तित्वको चर्चा परिचर्चाका साथ उहाँको साहित्यिक गतिविधि मल्टिमिडिया प्रोजेक्टरबाट प्रस्तुत गरिएको थियो । कार्यक्रममा दीपक ज्योति पौडेलले उहाँको संक्षिप्त जिवनी प्रस्तुत गर्नु हुँदै देवकोटाले नेपाली साहित्यमा प्रवेश गराउनु भएको स्वच्छन्दवादको चर्चा गर्नु भयो ।
     नेपाली सम्पर्क समिति बेल्जियमका अध्यक्ष गंगाधर गौतमले महाकविको योगदान नेपाली साहित्यमा अतुलनिय रहेको भन्दै उहाँसँग सम्बन्धित सामाग्रीको संरक्षण हनु पर्ने कुरामा जोड दिनु भयो ।
     स्थानिय नेपाली भाषा स्कूल संचालन समितिका अध्यक्ष गोपाल सापकोटाले महाकविको विलक्षण प्रतिभाका बारेमा जानकारी गराउनु हुँदै विदेशमा पनि नेपाली भाषा साहित्यको संरक्षणमा लाग्नु पर्ने बताउनु भयो ।
     कार्यक्रमका सभापति अनेसासका केन्द्रीय महासचिव तथा बेल्जियम च्याप्टरका अध्यक्ष कृष्ण बजगाईंले महाकवि देवकोटाले नेपाली साहित्यिको सिंगो युगको एकलै प्रतिनिधित्व गर्नु भएको छ भन्नु भयो । उहाँले महाकविका कृतिहरु विभिन्न अन्तर्राष्ट्रिय भाषामा अनुवाद गरि विक्रि वितरणको व्यवस्था गर्नु पर्छ भन्नु भयो ।
    उक्त कार्यक्रमा विभिन्न कविहरुले कविता, गजल, गीत, हाइकु  तथा मुक्तकहरु वाचन गर्नु भएको थियो । कार्यक्रमा कविहरु कृष्ण बजगाईं, विमल गिरी, कुम शाही, दीपक ज्योति पौडेल, नारायण अधिकारी, बोधराज पौडेल, शंकर कँडेल, परमानन्द सापकोटा, मीन गुरुङ्ग र वालप्रतिभा निश्चल गिरी र कृतिस बजगाईंले आआफ्ना रचनाहरु वाचन गर्नु भएको थियो ।
   त्यस्तै कार्यक्रमका लागि अमेरिकाबाट प्राप्त निरा शर्माको कविता मोहन खत्रीले, बेल्जियमबाट प्राप्त संजु बजगाईंको कविता माधव प्रसाद सापकोटाले र उषा गिरीको कविता कमल के सीले वाचन गर्नु भएको थियो ।
      महाकवि देवकोटा शताब्दी महोत्सव समिति नेपालका अध्यक्ष डा. मोदनाथ प्रश्रितले बेल्जियको कार्यक्रमको लागि पठाउनु भएको शुभकामना सन्देश अनेसासका सदस्य दीपेन्द्र के सीले पढेर सुनाउनु भएको थियो ।
    यामु निरौलाको कुशल उद्घोषणमा संचालित उक्त कार्यक्रमका संयोजक तथा उपाध्यक्ष विमल गिरीले स्वागत मन्तब्य र कोषाध्यक्ष कुम शाहीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

Handbook  |  By-Laws  |  Election Guideline  |  Code of Ethics
all rights reserved © INLS, Washington D.C. 2006