देवकोटा शतबार्षिकी, साहित्यिक प्रतियोगिता तथा दीपावली सांझ
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यृ्योर्क च्याप्टरले अक्टोबर १०, २००९, शनिवारका दिन न्यृ्योर्कको ज्याक्सन हाइटमा सयौं देवकोटा जयन्तीको अवसर पारेर देवकोटा शत बार्षिकी, साहित्यिक प्रतियोगिता तथा दीपावली सांझको भब्यताका साथ आयोजना गर्यो । कार्यक्रमको प्रमुख अतिथिमा अ. ने. सा. स. का केन्द्रिय संस्थापक अध्यक्ष्य श्री होमनाथ सुबेदीज्यृ् रहनु भएको थियो। स्वर्गीय महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा प्रमुख अतिथि श्री होमनाथ सुबेदीज्यृ्लॆ माल्यार्पण गर्नुका साथै तथा दीप प्रज्वलन गर्नु भई कार्यक्रमको सुरुवात गर्नु भयो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यृ्योर्क च्याप्टरकी निबर्तमान अध्यक्ष श्रीमती गीता खत्रीले उहांको कार्यकालमा उहांलाई सहयोग पुर्याउने सम्पूर्ण साथीहरुलाई धन्यवाद ज्ञापन गर्दै अ. ने. सा. स. न्यूयोर्क च्याप्टरकी नब निर्बाचित अध्यक्ष्य श्रीमती ज्योति पौडेललाई कार्यभार हस्तान्तरण गर्नु भयो ।
नब निर्बाचित अध्यक्ष्य ज्योति पौडेलले कार्यक्रममा भाग लिन आउनु भएका विशिष्ट पाहुना तथा साहित्य प्रेमीहरुलाई स्वागत गर्दै नयाँ कार्य कार्यकारिणी समितिको चिनारी गराउनु भयो। अन्तरारष्ट्रिय नेपाली साहित्य समाज न्यृ्योर्क च्याप्टरको उद्देश्य र आगामी कार्यक्रमहरुको बारेमा छोटो चर्चा गर्दै उहाँले देवकोटा शतबार्षिकी कार्यक्रम औपचारिक रुपमा सुरु भएको घोषणा गर्नु भयो।
कार्यक्रममा नेपालबाट प्राप्त भएका देवकोटा सम्बन्धी भिडियो सन्देशहरु देखाइएको थियो जस्मा राष्ट्रकवि श्री माधब प्रसाद घिमिरे, साहित्यकार डा. वासुदेव त्रिपाठी, कथाकार श्री मधुवन पौडेल तथा देवकोटाका सुपुत्र, डा. पद्म प्रसाद देवकोटाबाट प्राप्त सन्देशहरु थिए। महाकबि देवकोटाका बारेमा श्रीमती मृदुला कोइरला र श्रीमती सीता खरेलले चर्चा गर्नु भयो। यसै गरि रेडियो नेपाल बाट प्राप्त देवकोटा सम्बन्धी अडियो कार्यक्रम पनि सुनाइएको थियो। श्रीमती वन्दना काफ्लेले देवकोटा द्वारा रचित इश्वर तैले रचेर फेरि कसरी बिगारिस भन्ने गीत आफ्नो कोकिल कण्ठले गाएर सहभागीहरुलाई मुग्ध बनाउनु भएको थियो।
कविता वाचन कार्यक्रममा प्रतियोगी र अप्रतियोगी दुबै थरीका कविताहरु बाचन भएका थिए । प्रथम चरणमा बाल कविका कविताहरु बाचन गरिएका थिए । बाल कवि तथा कवयत्रीहरु क्रमश रायन श्रेष्ठ पुज्यता राजभण्डारी, आश्तिक रिसाल, सम्यक पराजुलि, एनिशा रायमाझी, सुशाना पोखरेल, अनुपमा सापकोटा र प्रज्ञा सापकोटा हुनुहुन्थ्यो। प्रथम पुरस्कार अनुपमा सापकोटाको ”Who am I?” ले जित्यो भने व्दितीय पुरस्कार सम्यक पराजुलिको ”My New House” र तृतीय पुरस्कार पुज्यता राजभण्डारीको ”Beloved Poet” ले टप्काएको थियो।
बयस्क कवि तथा कवयत्रीहरु हरि शर्मा, रामचन्द्र थापा, अनन्त रिसाल, गीता खत्री, पुनम काफ्ले, ज्योति पौडेल, विनोद रोका, शरद निरौला, मन्जु निरौला, महेश बिक्रम शाह, युबराज सिंह कार्की, सहदेव पौडेल, सरोज अर्याल, टेक गुरुङ, मिलन शाहि, सीता खरेल, परिता राजभण्डारी हुनुहुन्थ्यो। प्रथम विजेता हरि शर्माको ”लक्ष्मी तिम्रो अभाव नखट्कियोस्” भयो भने दोश्रा र तेश्रा क्रमश रामचन्द्र थापाको ”एउटा कवि” र युबराज सिंह कार्की को ”महाकवि देवकोटामा श्रद्धा सुमन” भए । कार्यक्रममा प्रतियोगि भन्दा अप्रतियोगी कविताहरुको संख्या बढि थियो।
प्रमुख अतिथि श्री होमनाथ सुबेदीज्यृ्ले न्यूयोर्क च्याप्टरले गरेको यस देवकोटा शतबार्षिकी, साहित्यिक प्रतियोगिता तथा दीपावली सांझ कार्यक्रम अत्यन्त गहन र सफल भएको र च्याप्टरमा रहेको सशक्त महिला सहभागिताको दीलै देखी प्रसंसा गर्नु भएको थियो। उहांले अ. ने. सा. स. का ५८ वटा च्याप्टरहरु मध्ये न्यूयोर्क च्याप्टरलाई अग्रपंक्तिमा राख्न्नु भयो। न्युयोर्कमा यति धेरै प्रतिभाहरु देख्दा आफु अत्यन्त प्रभाबित भएको बताउनु भयो ।
प्रतियोगितात्मक कविताको मुल्याङ्कनको लागि निर्णायकहरुमा श्री अनन्त रिसाल, श्रीमती सीता खरेल र श्री शरद निरौला रहनु भएको थियो। निर्णायक मण्डलका संयोजक श्री अनन्त रिसालले प्रमथ व्दितीय र तृतीय पुरस्कारको घोषणा गर्नु भएको थियो। पुरस्कार वितरण प्रमुख अतिथि श्री होमनाथ सुबेदीज्यृ्ले गर्नु भएको थियो । कार्यक्रममा भैली गीत गाएर तिहारको सम्झना राम्रै रुपमा गराइएको थियो ।
कार्यक्रमको सन्चालन कलाकार श्री शैलेश श्रेष्ठ र अ. ने. सा. स. न्यू योर्क च्याप्टरकी महासचिव श्रीमती परिता राजभण्डारीले गर्नु भएको थियो। म्युजिक सिस्टम, भिडिओ प्रोजेक्सन, प्रमाण पत्र डिजाईन तथा छपाई इत्यादि प्राभिधिक पक्षको जिम्मा श्री बद्री पौडेलले लिनु भएको थियो भने, फोटोग्राफीको जिम्मा श्री किरण काफ्ले तथा ध्रुब खनालको थियो। श्री प्रभात राजभण्डारीले रजिस्ट्रेसन सम्भाल्नु भएको थियो, खानाको सुपरिवेक्षण श्री नील मणि खरेलले गर्नु भएको थियो भने कार्यक्रमको देखरेख अ. ने. सा. स. न्यूयोर्क च्याप्टरका कोषाध्यक्ष श्री राम खत्रीले गर्नु भएको थियो। कार्यक्रममा करीव १५० जती सहभागीहरुको जमघट थियो।
अन्तमा उपस्थित प्रमुख अतिथि तथा विशिष्ट पाहुनाहरुलाई अ.ने.सा.स. न्यृ्योर्क च्याप्टरकी उपाध्यक्ष श्रीमती पुनम काफ्लेले धन्यवाद ज्ञापन गर्नु भयो । मीठो रात्रिभोज तथा सांगीतिक नृत्यकासाथ कार्यक्रमको समापन भएको थियो।