दोस्रो अनेसास एनआरएन साहित्य महोत्सव तथा पुरस्कार वितरण समारोहमा सहभागि हुनका लागि अनुरोध
यहि अक्टोबार १३ देखि १५ सम्म सम्पन्न हुन गइरहेको 'चौथो गैरआवासीय नेपाली विश्व सम्मेलन' को पूर्व सन्ध्यामा अन्तरार्ष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा १२ अक्टोबरका दिन, सोल्टी होटल, टाहाचल, काठमाडौंमा सम्पन्न हुन गइरहेको 'दोस्रो अनेसास एनआरएन साहित्य महोत्सव तथा पुरस्कार वितरण समारोह' मा सहभागि हुनका लागि अनेसास केन्द्रीय कार्यसमिति सम्पूर्ण अनेसास परिवारलाई हार्दिक अनुरोध गर्दछ । कार्यक्रममा ठूलो संख्यामा गैरआवासीय नेपाली तथा नेपालका वरिष्ठ साहित्यकारहरुको उपस्थिति रहने छ ।
कार्यक्रमको विस्तृत विवरण
मिति : १२ अक्टोबर २००९ (विहिबार)
समय : १३:०० देखि १८:००
स्थान : Soaltee Crowne Plaza Kathmandu
Tahachal, Kathmandu
Telephone: 4273999, 4272555 / Website: www.crowneplaza.com/kathmandu
डा. कुमार बस्नेत
अनेसास केन्द्रीय अध्यक्ष
For details, please visit program page: http://inls.org/2nd_inls_nrn_literary_festival.htm