साथिहरु नमस्कार
सेप्टेम्बर २० तारिख को दिनमा टोकीयो को ओमोरीमा बसेको अनेसास जापान को नियमित बैठकले देहाय का प्रस्ताब उपर छलफल गरि निम्न बमोजिम को निर्णयहरु गरेको व्यहोरा जानाकारी गराउन चाहन्छु।
१. अध्यक्ष र उपाध्यक्ष को राजिनामा सम्बन्धमा
केहि साता अघि अध्यक्ष बेलु थापा र उपाध्यक्ष दिनेश राज ज्ञवाली ले दिनु भयको राजिनामा अस्वीकृत गरि आगामी अधिबेशन सम्म को लागि यथा-पद मा बसी जिम्मेवारी बहन गर्नको लागि अनुरोध गरियको छ।
२. नागोया च्याप्टर गठन सम्बन्ध मा
विभिन्न शहर हरुमा समेत अनेसास को उल्लेख्य उपस्थिति जनाउन को लागि शाखा बिस्तार योजना मुताबिक हालै गठित नागोया च्याप्टर तदर्थ समिति लाइ स्वागत गरियको छ।
३.सहित्य श्रीन्खला ७ को सम्बन्धमा
टोकीयो बाहिर (नागोया ) पहिलो पटक आयोजना गरियको साहित्य श्रीन्खला ७ पूर्ण रुप मा सफल भयको ठानियाको छ. यश को लागि मूल आयोजक समिति लाइ हार्दिक धन्यबाद समेत ज्ञापन गर्ने निर्णय गरियो।
४. एक बर्से कार्यकाल को मुल्यांकन
श्रीन्खला को नियमित आयोजना ,प्रकाशन, बिमोचन तथा सम्मान कार्यक्रम समेत आयोजना गरियकोले यश अबधि सफल रहेको धारणा उपस्थित सदस्य हरु बाट आयो। नेत्रित्तोकर्ता ले सम्पर्कबिहिनता को अन्त्य गर्नु पर्ने आवाज अधिकांस साथिहरुले उठाउनु भयो भने संस्थामा निर्णय हुदा प्रक्रिया पुर्याउने नगरियको भनि अध्यक्ष ज्युले असन्तोष ब्यक्त गर्नु भयो ।
५.आगमि अधिबेशन को सम्बन्धमा
नया कार्य समिति को चयन का निम्ति october २५ मा हुन लागेको अधिबेशन लाइ सफल पर्न सबैले आफ्नो आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने निर्णय भयो साथै नया कार्य समिति मा बसेर काम गर्न चाहने साथि हरुले कार्य समिति का सदस्य मार्फत सम्पर्क गर्न पनि आग्रह गर्ने निर्णय गरियको छ।
प्रकाश पौडेल माइला
उपाध्यक्ष
अनेसास जापान