INLS HQ and its Chapters around the world are celebrating 100th Devkota Jayanti ("Devakota Janma Shatabdi") in the month of October with various programs. INLS HQ is calling all Nepali organizations and individuals in the Diaspora to celebrate as well in grand manner through out the month of October making the month of October "Devkotamaya Diaspora". Mahakavi Devkota's birthday falls on October 17th but as it is his 100th birthday, it should be celebrated throughout the month of October around the world.
INLS HQ Press Release in Nepali -
डायोस्पोरामा महाकवि देवकोटाको शतवार्षिकी कार्यक्रम मनाइने
२१ सेप्टेम्बर, वासिङ्टन डि सि, अमेरिका
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकी समारोहको अवसरमा अक्टोबर महिनाभरी विश्वभर विभिन्न कार्यक्रमका साथ मनाउने भएको छ ।
महाकविको संझनामा विविध साहित्यिक कार्यक्रम, अन्तर्क्रिया, वक्तृत्वकला प्रतियोगिता, प्रवचन, सांस्कृतिक कार्यक्रम, झाँकी, ¥याली, प्रभात फेरी, पत्रिकाको देवकोटा विशेषांक प्रकाशन, चित्रकला प्रदर्शनी, खेलकुद आदि कार्यक्रमका साथ मनाइने कुरा अनेसासका केन्द्रीय महासचिव कृष्ण बजगाईंद्धारा जारी प्रेस विज्ञप्तीमा जनाईएको छ ।
अनेसास केन्द्रीय समितिले संसारभर छरिएर रहेका आफ्ना च्याप्टरहरुलाई नेपाली भाषा तथा साहित्यका धरोहर महाकविको सम्झनामा आआफ्नो ठाउँमा आफै वा अन्य संस्थाहरुसँग मिलेर कार्यक्रम आयोजना गर्न अनुरोध गरेको छ ।