जापानमा अनेसास नायोया प्रशाखा गठन
अनेसास जापानले आफ्नो क्षेत्र बिस्तार गर्ने उद्देश्य अनुरुप टोक्यो बाहिर पहिलो पटक नागोयमा भानु जयन्ती तथा साहित्य श्रीन्खल-७ समारोह भब्यताकाबीच सम्पन्न गरी पहिलो प्रशाखाको गठन प्रकृय अगाडि बढाउन अनेसास जापान कार्यसमिती सदस्य श्री सन्देश पोखरेल लाई जिम्मेवारी तोकियको थियो ।सोही अनुरुप ,नागोया क्षेत्र भित्र रहेर साहित्य,कला,संगीतलाई माया गर्ने नेपालीहरुको संगठन अनेसास,नागोया च्यप्टर तदर्थ समिती श्री सन्देश पोखरेल को संयोजकत्वमा बिस्तार गरिएको छ । जस अनुरुप्
सह -संयोजक -श्री सुदर्शन प्रसाद खरेल्
सचिब -केशब अधिकारी मामा
सह्-सचिब -श्री दीपक घिमिरे
कोषादक्ष्य- श्री सचिन पान्डे
सदस्यहरु
बिदुर गुरुङ्
अशोक अधिकारी रहनु भएको छ ।
संयोजक पोखरेलका अनुसार लक्ष्मी जयन्तीको अवसर पारेर अक्टोबर १८मा साहित्यक एंव देउसी भैलो कार्यक्रमको आयोजना गर्ने पनि जनाइएको छ ।
प्रकाश पौडेल "माइला"