न्यूयोर्क च्याप्टरको दोस्रो कार्यकालका पदाधिकारहरुको चयन
मिति जून २१-२००९ का दिनमा अ.ने.सा.स. न्यूयोर्क च्याप्टरको दोस्रो कार्यकालका पदाधिकारहरुको चयनको सम्बन्धमा ३ सदस्यीय निर्वाचन आयोगको गठन गरियो | उक्त आयोगमा धनीराम सापकोटा, यक्ष्य मल्ल,जगदीश उपाध्याय हुनुहुंन्थ्यो । आयोगको अधक्ष्यता यक्ष्य मल्लले गर्नु भएको थियो |
निर्वचन सभामा ८५% सदस्यहरुको उपस्थिति रहेको थियो | उपस्थित सदस्यहरु बीच प्रतिश्पर्धा गराऊँदा देहाय बमोजिमका साधारण सदस्यहरु देहाय बमोजिमका पदामा निर्बिरोध निर्वाचित भएको बेहोरा प्रकाशित गरिएको छ |
१. अधक्ष्य ज्योति पौडेल
२. उपाधक्ष्य पूनम काफले
३. महासचिव परिता राजभन्डारी
४. कोषाध्याक्ष्य राम खत्री
५. सदस्य सीता खरेल
समाजको बांकी रिक्त पदाधिकारीहरुको चयन यसै निर्वाचित कार्यकारिणीले गर्न सक्ने निर्णय समेत साधारण सभाबाट ध्वनिमतले पारित भएको बेहोरा जानकारी गराइन्छ |
पूनम काफ्ले