Overview Members Chapters & Reps Publications Awards Announcements Events
  Global Partners Membership Discussion Board Projects Feedback Contact Us Home
 
Member's Login
username
password
 
Not a member?
Apply for Membership!!!
   INLS Calendar of EVENTS
 
INLS Chapter Websites: New York | Florida | Japan | Hong Kong | United Kingdom | Australia | Germany | United Arab Emirates | Kingdom of Saudi Arabia | Kuwait | All INLS Chapters
VoteNet Solutions, Washington DC honors INLS for conducting election online and saving trees.
It donates 10 tree seedlings to Sustainable Harvest International. View Honor Certificate | Election Results | New Officers

Sajha Prakashan, Nepal officially congratulates new INLS HQ Officers. View Letter

INLS Board Of Trustee Chairman Honoured By "Aswikrit Sahitya Samman"(9/04/2009)

"अस्वीकृत विचार साहित्य सम्मान २००९" होमनाथ सुवेदीलाई 


 
अनेसासको आयोजनामा यही अगस्त १५ २००९ को दिन न्युयोर्कमा भएको प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन न्युयोर्कको उद्घाटन समारोहमा "अस्वीकृत विचार साहित्य गुठी"को तर्फबाट त्रिविविका प्राध्यापक घनश्याम कन्डेलले होमनाथ सुवेदीलाई "अस्वीकृत विचार साहित्य सम्मान २००९" सम्मानार्थ हस्तान्तरण गर्नुभयो ।
गुठीले काठमाडौंको अनामनगर स्थित वालमाचको भवनमा स्रावण १८ को दिन होमनाथ सुवेदीलाई सम्मान गर्ने कार्यक्रम तय भएको थियो तर सुवेदी कारणवश काठमाडौं पुग्न नसक्ने भएकाले काठमाडौंको कार्यक्रममा प्रदान गर्ने र त्यो सम्मान यो अन्तर्राष्ट्रिय सम्मेलनमा सुवेदीलाई हस्तान्तरण गर्ने भन्ने गुठीका सस्थापक डा।sविताराम र अनेसास दुबै पक्षको सहमति अनुसार यो हस्तान्तरणको कार्यक्रम यहाँ सम्पन्न भएको हो । सम्मानित होमनाथ सुवेदी अनेसासका संस्थापक अध्यक्ष तथा डायास्पोरामा बसेर लेख्ने बीसवटा साहित्यिक कृतिका लेखक हुनुहुन्छ ।  अस्वीकृत विचार साहित्य गुठीले प्रत्येक वर्ष अस्वीकृत पुरस्कार पनि दिन्छ । अहिलेसंम १२वटा त्यस्ता पुरस्कार दिइसकेको छ । जीवनको महत्वपूर्ण भाग साहित्यको सेवामा लगाएका व्यक्तिहरुमध्येबाट छानेर मात्र एक जना लेखकलाई गुठीले यदाकदा अस्वीकृत विचार साहित्य सम्मान प्रदान गर्ने गर्दछ । विगत बाह्र वर्षमा जम्मा तीन जनालाई मात्र यस्तो सम्मान प्रदान गरिएको छ ।
यस सम्मेलनको उद्घाटन समारोहमा अतिथि डा। गोविन्दराज भट्टराई, राजदूत मधुरमण आचार्य र प्रा। घनश्याम कंडेल हुनुहुन्थ्यो भने समारोहको सभापतित्व अनेसासका अध्यक्ष कुमार बस्नेतले गर्नुभएको थियो ।  एक दिनभर चलेको यो न्युयोर्कको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा अस्वीकृत विचार साहित्य सम्मानको हस्तान्तरण हुनु सम्मान दिने वा लिने दुवै पक्षको लागि अत्यन्त गौरवको कुरा हो । यो अन्र्तराष्ट्रिय नेपाली साहित्य सम्मेलनको विस्तृत विरण डा। गोविन्दराज भट्टराईद्वारा प्रस्तुत कान्तिपुरको यो युआर्एल्को -
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=212031


आलेखले अझ स्पष्ट गर्दछ ।



शिवप्रसाद सत्याल "पीठ"
संस्थापक सदस्य अनेसास केन्द्र



वाशिङ्गटन डिसी

Handbook  |  By-Laws  |  Election Guideline  |  Code of Ethics
all rights reserved © INLS, Washington D.C. 2006