Overview Members Chapters & Reps Publications Awards Announcements Events
  Global Partners Membership Discussion Board Projects Feedback Contact Us Home
 
Member's Login
username
password
 
Not a member?
Apply for Membership!!!
   INLS Calendar of EVENTS
 
INLS Chapter Websites: New York | Florida | Japan | Hong Kong | United Kingdom | Australia | Germany | United Arab Emirates | Kingdom of Saudi Arabia | Kuwait | All INLS Chapters
VoteNet Solutions, Washington DC honors INLS for conducting election online and saving trees.
It donates 10 tree seedlings to Sustainable Harvest International. View Honor Certificate | Election Results | New Officers

Sajha Prakashan, Nepal officially congratulates new INLS HQ Officers. View Letter

Remarks On The First International Nepali Literary Conference By Dr. GR Bhattarai (09/02/2009)

देशपारीय साहित्यको महासम्मेलन अथवा एक अमर उज्यालो चेतना



डा। गोविन्दराज भट्टराई
 
यतिखेर देशको भौगोलिक सीमा नाघेर नेपाली जातिले असीम विश्वमा पाइला टेकेको छ । जातिसँगै भाषा र भाषासँगै साहित्य अनि संस्कृति-चेतना पुगेको छ । नेपाल बाहिर अनेक नेपालका प्रतिरुपहरु विकसित हुँदैछन् । त्यहाँ पनि आफ्नो साहित्य-संस्कृतिको प्रेम छ गहिरो चिन्ता छ । हालै अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको एक महासम्मेलन त्यस्तो चिन्ताको र प्रेमको प्रकाशन थियो ।


नेपाल बाहिरको सम्पूर्ण नेपाली साहित्यलाई समेट्ने उद्देश्यले स्थापित संस्था छ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जुन राष्ट्रिय साहित्यकै परिपूरक पनि हो । किनभने यो राष्ट्रिय अर्थात् मूलधार साहित्यको पुनरपरिभाषा हुन थालेको बेला हो । अनेसासले बीसवर्षे यात्रामा पचास भन्दा बढी शाखाको स्थापना गराएर ती मार्फत नेपाली भाषासाहित्यको उत्थान र सिर्जना गर्ने अपूर्व अवसर प्रदान गर्दै आएको छ । यस्तो अन्तर्राष्ट्रिय परिवेशमा रचित साहित्यको भण्डार पनि धेरै ठूलो भएको छ  । यस्तो प्रकारले अन्य भूगोलमा पुगेर अन्य संस्कृतिको छेउमा बसेर रचित साहित्यलाई वर्तमान विश्वले डायास्पोरिक साहित्य भन्दछ । त्यहाँ बसेका समुदाय डायास्पोरा हुन्- बेलायती-नेपाली डायास्पोरा रुसी-नेपाली डायास्पोरा अमेरिकी-नेपाली डायास्पोरा हङकङे-नेपाली डायास्पोरा आदि । नेपाली विद्वानहरुले डायास्पोरालाई देशपारीयु नाम दिँदा कसो होला प्रस्ताव गरेका छन् । कतिले ता यसलाई जनजिब्रोले पचाएको शब्द मुगलानु मुगलाने राखौँ पनि भनेका छन् । त्यसको निक्र्यौल हुँदै जाला ।


देशपारियता वर्तमान सभ्यतामा एक महफ्वपूर्ण उपस्थिति हो । समकालीन विश्वले यसका अनेक सिद्धान्तको निर्माण र अनुसन्धान गराउँदैछ यद्यपि परम्परित नेपाली समीक्षक अभिलेखक यसप्रति पूर्णरुपले अनभिज्ञ छन् । उनीहरुको दृष्टिमा यो अनुपस्थित छ; उनीहरु संरचनावादी साँचो मिलाएर सबै दिक्काल र परिवेशमा सिर्जित साहित्यको सपाट व्याख्या गर्दछन् जसले गर्दा नयाँ प्रकृतिका अनेक साहित्यहरु विरुवामै ओइलिन बाध्य छन् । डायास्पोरिक साहित्यमा जन्मभूमि र आतिथेयभूमि दुवैको चेतना भावना संस्कृति चिन्ता र प्रेम मिश्रित हुन्छ । त्यसैले यस्तोलाई विश्वले पारसांस्कृतिक लेखन ट्रान्स्कल्चरल राइटिङ पनि भन्दछ । समकालीन विश्वसाहित्यको ठूलो अंश यस्तो तेस्रो दिक्कालबाट निर्मित छ । यसले विश्वविजय गर्दैछ । त्यसकारण आजको साहित्यबारे बोल्दा सर्जकको भौगोलिक अवस्थिति उसको भाषिक-सांस्कृतिक प्राथमिकता उसको धर्म उसको वर्ग जातीयता लैङ्गिकता यी सारा तफ्वले उत्पन्न गर्ने मानसिकता जोड्नु आवश्यक हुन्छ ।


अनेसासले एउटा अन्तर्राष्ट्रिय सम्मेलनको आकाङ्क्षा राखेको सो अनुसारको प्रयत्न गरेको निकै भयो । यस्तो सम्मेलन गरेर पारसांस्कृतिक लेखनको सिद्धान्त समस्या र उपलब्धीको आकलन अभिलेखन गर्ने र त्यसलाई दिशा निर्देशित गर्ने लक्ष राखेको निकै भयो । हिन्दी बङ्गाली आसामी लगायतका भगिनी भाषाभाषी यस दिशामा निकै अघि बढिसकेको अवस्थामा बल्ल यसपालि अन्तर्राष्ट्रिय नेपालीको दिन आयो ।
न्यूयोर्कमा १५ अगस्त २००९ का दिन प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न भयो । यो राष्ट्रले ठूलो गौरव गर्नुपर्ने एक ऐतिहासिक कर्मको आरम्भ थियो । विभिन्न महादेशमा वितरित नेपालीको साहित्यिक चेतनाको प्रतिनिधित्व गर्ने न्यूयोर्क सम्मेलन एक ऐतिहासिक महोत्सव थियो । यसको पृष्ठभूमिमा अनेसासका पदाधिकारीको कत्रो योगदान छ, संयोजक भारती गौतम सहसंयोजक डा। सुमनराज तिमसिनाले यसको चिन्ता गरेको वर्षदिन नाघिसकेको थियो । यसको पृष्ठभूमिमा नेपाली भाषासाहित्यको विश्वएकेडेमीका परिकल्पनाकार होमनाथ सुवेदी त्यतिकै लागेका छन्; अनेसासको सम्पूर्ण सदस्यहरु समर्पित छन् तर अनेसासको मात्र प्रयत्नले यो सम्भव भएन होला । सिङ्गै गैरआवासीय नेपालीहरुको विश्वसंस्था एनआरएन पनि समर्पित देखियो । एनआरएनकै सदासयताले डायास्पोराको भाषासाहित्यमा गरिएका अध्ययन अनुसन्धानको लागि तीतीनवटा पुरस्कार स्थापित छन्- खेमलाल हरिकला लामिछाने पुरस्कार पुलकुमारी महतो स्मृति पुरस्कार नृपध्वज कार्की नेपाली साहित्य पुरस्कार । यसमा क्रमशः जीवा लामिछाने डा। उपेन्द्र महतो र डा। श्याम कार्की प्रायोजक रहेका छन् । एनआरएन देशपारीय नेपालीको राजनैतिक कानूनी सामाजिक आर्थिक मार्गदर्शक केन्द्रीय सङ्गठन हो । त्यसअतिरिक्त यसले साहित्यप्रति देखाएको प्रेमले गर्दा देशपारीय नेपालीको देह र आत्मा दुवै कुरा सम्बलित हुँदै गएको छ ।


आज ती पुरस्कार वितरणका कार्यक्रम पनि थिए । प्रापक म स्वयम् थिएँ केन्द्रीय नेपाली विभाग र कृष्णप्रकाश श्रेष्ठ थिए । होमनाथ सुवेदी र नगेन्द्र न्यौपाने पनि थिए । तर ती पुरस्कार सम्मानभन्दा माथि आज एक विशेष गौरवको दिन थियो । त्यस्तोमा सहभागी हुन पाउनु त्यसको प्रमुख आतिथ्यको सम्मान पाउनु मेरो जीवनमा एक अभूतपूर्व घटना थियो । मैले सम्झेँ- म जे छु मलाई त्रिविले निर्माण गरेको हो यो सारा यश कीर्ति सम्मान र श्रद्धा म अराजकताको भयले प्रकम्पित त्रिविलाई अनि त्रिवि जन्माउने राष्ट्रलाई समर्पण गर्न चाहन्छु र ती सारा परादेशीय नेपाली जातिलाई जसले यस सम्मेलनको परिकल्पना गरे आयोजना गरे । यस सम्मेलनले विश्वसमक्ष वाणी खोल्यो- हेर नेपाली भाषा कहाँ पुगिसकेको छ नेपाली साहित्यले कत्रो उचाइ प्राप्त गरेको छ । हामी शरीर मात्र छैनौ भित्रभित्रै हाम्रो जातीय आत्मा पनि सम्बलित हुँदैछ । अन्धकार युगमा भानु र मोतीले सल्काएको दियो आज विश्वका कुनाकुनामा प्रदीप्त छ । उनै मोतीको तस्वीरमा माल्यार्पण गरेर पानसमा बत्ती बाली स्वामी आत्मानन्दज्यूको मंगलाचरणपश्चात् सम्मेलन थाल्यौँ । अनेक प्रबुद्धजन सामू अनेसासका अनेक शाखाको उपस्थिति चिन्तक पत्रकार कवि समाजसेवी र सर्जकहरु विभिन्न जातका धर्मका भूगोलका विचारका नेपालीहरु । महामहिम राष्ट्र्रपतिबाट सम्मेलन सफलताको सन्देश पुग्यो; अनि कमल दीक्षितको सत्यमोहन जोशीको प्रा। माधव पोख्रेलको मोहन सिटौलाको… ।
 
एउटा भिन्न भाषासंस्कृतिले निर्मित विशाल सभ्यताकेन्द्रमा पुगेर नेपाली जातिले आफ्नो परिचय दिनु आफ्नो अस्तित्वको र अवस्थितिको मार्ग खोज्नु विश्वकै नेपालीको लागि अनुकरणीय कर्म थियो । अन्य जातिले पनि हामीतिर शिर उठाएर हेर्नुपर्ने दिन थियो । अमेरिकाबाट निरन्तर रुपले प्रकाशनमा आइरहेका अखबार पत्रपत्रिका रेडियो टीभी विशेष गरी अनेकौँ अनलाइन कर्महरु पनि हाम्रो अस्तित्व स्थापनाको प्रयत्न बुझाउन कोशीस गरिरहेका छन् । त्यसमाथि साहित्यिक प्रकाशनको गुणात्मक निरन्तरता झन् प्रशंसनीय छ । नगेन्द्र न्यौपानेको एन ओडिसी इन् साइक्लोनु होमनाथ सुवेदीका डायास्पोराको पेनु समुद्रपारीको समालोचना र छन्त्याल लोककथा भर्खरै आइसकेका थिए भने उत्तरअमेरिकाका कवि र कविता जस्तो एक ऐतिहासिक सङ्ग्रह "अक्रस द ओसन्" जस्तो अमेरिकी-नेपालीका कविताको प्रथम अनुवाद त्यहीँ विमोचन भए । त्यहीँ "शेखरका सय कविता" विनोद शर्माको "अवेकनिङ" जस्ता कृति सार्वजनिक भए यसमा नेपाली साहित्य आज ठूलो गौरव गर्दछ ।
 
यो नेपाली डायास्पोराको सम्मेलन थियो । डायास्पोरामा नेपाली साहित्य विषयको । डायास्पोरा सम्मान र पुरस्कारको अनेसासले ह्दय खोलेर जुटाएको । त्यहाँ चारवटा कार्यपत्र प्रस्तुत भए- अमेरिकाबाट बसन्त श्रेष्ठको नेपालबाहिर नेपाली भाषाको महफ्व आवश्यकता र यसका सम्भाव्य पूर्वाधारहरु; रुसबाट कृष्णप्रकाश श्रेष्ठको योरोपीय डायास्पोरामा नेपाली भाषा र साहित्य नेपालबाट प्रा। घनश्याम कँडेलको नेपाली समालोचनाको विकास परम्परा भारतबाट प्रा। जयनारायण लुईंटेलको आसामको नेपाली जनजीवन निर्माणमा समाज साहित्य र राजनीतिको भूमिका; म आफैँले एक लामो "कीनोट स्पिच" तयार गरको थिएँ- साहित्यमा डायास्पोरा  सिद्धान्त र समालोचनाको स्वरुप शीर्षकमा । वास्तवमा नेपालभित्र यस प्रकारको चिन्तनविमर्शले सैद्धान्तिक स्वरुप लिनुपूर्वै अमेरिका ब्यूँझेर उठेको थियो । यता भारतीय-नेपाली विद्वानहरुले "इन्डियन-नेपाली डायास्पोरा" को विषयमा बृहत सम्मेलनको सोच गर्दागर्दै हङकङले र बेलायतले पनि यस विषयमा योजना गर्दागर्दै अमेरिकी-नेपाली डायास्पोराले यो ऐतिहासिक दिनमा अवतरण गरेको थियो । अब संसारको बाटो खुलेको छ । केही अघि रुसको अनेसास शाखाले एक ऐतिहासिक उत्सव गरेझैँ आज केन्द्रीय अनेसास उठेको थियो । अब सिङ्गासिङ्गै महादेशमा नेपाली जातिको बसोबास र सिर्जनाका इतिहास आउन थाल्नेछन् । अब अमेरिकी-नेपालीबाट अरुले सिक्नेछन् । नेपाली विद्वानहरु पनि त्यता लाग्नेछन् ।
 
त्यस महासम्मेलनमा अनेसासको अध्यक्ष डा। कुमार बस्नेत जापान शिव प्रकास गीता खत्री कमला प्रसाइँ गोविन्द गिरी प्रेरणा हेमन्त श्रेष्ठ डा। शिव गौतम नीलम कार्की "निहारिका" शिवप्रसाद सत्याल, पीठ मणि वाङ्देल, सन्तोष थपलिया, पुरु सुवेदी, अनन्त रिसाल, सरोज अर्याल, ज्ञानेन्द्र गदालहरु, अत्यन्तै सकि्रय थिए भने  चन्द्रकान्त आचार्य, ईल्या भट्टराई, गोवर्धन पूजा, हरि अधिकारी, नेपालबाट पुगेका थिए । अमेरिकामा रहेका मधुरमण आचार्य, सीता पाण्डे, गोविन्दिसंह रावत, एचवी भण्डारी, हरिश्चन्द्र घिमिरे, बासु श्रेष्ठ, अमर नेम्बाङ लिम्बू, विनोद रोका, परिता भण्डारी, कृष्णकुमारी ढुङ्गेल, कुन्ती थापा, कल्पना सुवेदी, सुशील ताम्राकार, प्रमोद गिरी, सहदेव पोख्रेल, प्रदीप थापा, उत्तमबाबु श्रेष्ठ, शरद निरौला, कृतिका ज्ञवाली … अनेक शुभनामहरु थिए ।


मुख्य कार्यक्रमका अतिरिक्त तीनवटा विशिष्ट प्रकृतिका कविता-काव्य गोष्ठी पनि भए । तिनमा विचारविमर्श भए । डायास्पोरिक लेखनको विशेषता महफ्व र स्थानबारे चर्चा भए । खसखस डटकमले लामो अन्तर्वार्ता लियो; अरुले पनि प्रसारित गरे । यसरी अमेरिकामा नेपालको आत्मा पुगेको थियो । नेपालीले आफ्नो अस्तित्व परिभाषित गर्ने प्रयत्न गरेका थिए । अन्त्यको गोष्ठीमा एउटा महफ्वपूर्ण जानकारी सार्वजनिक भयो- अमेरिकामा नेपालीहरुको सार्वजनिक उद्यान नेपाली पाठशालाको व्यवस्थापन र भानुको सालिक स्थापना गर्ने लक्ष्य रहेको । केहीअघि सिलाङ् बजारमा सयवर्षअघि स्थापित बुद्ध-भानु-सरस्वती पाठशाला आज महाविद्यालयमा पुगेको देखेँ, अनि दार्जीलिङमा सिक्किममा सिलिगुडी र गुवाहाटीमा भानु वरिपरि निर्मित नेपाली चेतना सम्झेर बोलेँ- हे एकताका प्रतीक भर्खरै चितवन झरेर तिम्रो १९६ औँ जन्मजयन्ती मनाएपछि अमेरिका उडेको थिएँ । यहीँ तिम्रो नाममा एउटा उद्यान बन्न आँटेछ तिम्रो सालिक उभिन आँटेछ । नेपाली साहित्य फैलिनु भनेको नेपाली भाषा र त्यसले बोकेको संस्कृतिको आदि चेतना बहुगुणा हुँदैजानु हो तिम्रो प्रथम वाणी त्यहाँ पुस्पितपल्लवित हुँदैजानु हो । नेपाली जातिको शिर ठाडो हुँदैजानु हो । आज नेपाली भाषासाहित्य प्रथम अन्तर्राष्ट्रिय सम्मेलन गर्ने स्थितिमा पुग्यो तर त्यसको जगमा केवल तिमी छौ तिम्रा मोती छन् ।
अन्त्यमा होम सुबेदीले भविष्यका दसबुँदे कार्यनीति प्रस्तुत गरेपछि संयोजक भारती गौतमले आभार पकट गरेपछि सम्मेलन अन्त्य भयो । यसरी नेपाली जातिले आफ्नो मूलबृक्षलाई जोगाउँदै त्यसमा ससाना कलमी काटेर संसारभरि सारेको देख्ता मन प्रसन्नताले भरियो । अनेसासको यो महोत्सवले प्रत्येक नेपालीको मनमा अमर उज्यालो चेतना बालेर गयो ।


 tu.govinda@gmail.com


 

Handbook  |  By-Laws  |  Election Guideline  |  Code of Ethics
all rights reserved © INLS, Washington D.C. 2006