कतारमा मोती जयन्ती भव्यताका साथ मनाइयो
इखालु रमेश गेलाल
कतार
दुई आँखी भौं त तयार छन् तरवार पो किन चाहियो
तिमी आफु मालिक् भै गयौ सरकार पो किन चाहियो ।
मोतीराम भट्टका यी सुन्दर गजलका शेरहरुसँगै कार्यक्रमको ढोका खोलियो । १४४ औ मोती जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरले गत शुक्रबार दोहा स्थीत ढाका रेष्टुरेन्टमा आयोजना गरेको बृहत साहित्य गोष्ठिको सन्दर्भ हो यो ।
प्रवासमा रहेर पनि नेपाली भाषा साहित्यको संरक्षण र उत्थानमा लागि परिरहेको अनेसासले बिभिन्न साहित्यिक पर्वहरु मनाउने क्रममा सो कार्यक्रमको आयोजना गरेको थियो । अनेसास कतारका अध्यक्ष दीपक भेटवालको सभापतित्व तथा नेपाली राजदूतावास कतारका प्रथम सचिव रामकाजि खड्काको प्रमुख आथित्यमा सम्पन्न सो कार्यक्रममा नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष अमृत गुरुङ नेपाल पत्रकार महासंघ सम्पर्क शाखा कतारका प्रतिनिधी रवि भट्ट रोषी नवोदीत साहित्यिक वाचानालयका अध्यक्ष भोजराज श्रेष्ठ मुग्लानी सौगात द्धैमासिकका धनेश्वर जि.सी सन्ध्या ग्रुप अलखोरका सचिव चन्द्र कुमार थापा लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । प्रमुख अतिथीद्वारा व्यानर अनावरणका साथ सामुहिक राष्ट्रियगान गायनसँगै मोतीराम भट्टको तस्विरमा माल्यार्पण गरेर सुरु गरिएको सो कार्यक्रममा गत बिहिवार राति देहान्त भएका बरिष्ठ साहित्यकार तथा प्रगतीशिल लेखक भवानी घिमिरे प्रति एक मिनेट मौनधारण गरि श्रद्धान्जली व्यक्त समेत गरिएको थियो ।
इखालु रमेशले साचालन गर्नु भएको सो कार्यक्रममा उपाध्यक्ष बासुदेव अन्जानले स्वागत गर्नु भएको थियो । सो कार्यक्रममा मोतीराम भट्टले नेपाली साहित्यमा दिनु भएको योगदान र उहाँको जीवनीको बारेमा साहित्यकार महेन्द्र राई अदृष्यले चर्चा गर्नु भएको थियो । कार्यक्रममा सेलिङ्ग के सी दाहाल यज्ञप्रसाद जगतराम बर्देवा मणि पौडेल राजेश्वर ढकाल सुजन अधिकारी एन.बि अन्जान नवराज श्रेष्ठ विक्रम चेतनसिल राई तिर्थ संगम राई इस्वर दाहाल लगायतका सर्जकहरुले आफना रचना वाचन गरेर सुनाउनु भएको थियो भने कार्यक्रममा धनेस्वर जि सी भोजराज श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास कतारका प्रथम सचिव रामकाजी खड्काले मोतीराम भट्टले देखाउनु भएको बाटोलाई नबिसी सृजनामा लाग्न आग्रह गर्दै नेपाली भाषा र साहित्यको संरक्षण र उत्थानमा प्रवासमा आयोजना गरिएका यस्ता साहित्यिक गतिबिधी सदा प्रसंसीय रहेको बताउँदै धन्यवाद तथा शुभकामना ज्ञापन गनु भयो । साथै उहाँले सर्जकहरुलाई साथ दिदै गजलका शेरहरु यसरी उन्नु भएको थियो,
समानताको लडाई लड्ने हातहरु रोकिएछन्
टाकुरामा आफै चढ्ने साथहरु रोकिएछन्
अनेसास कतारका अध्यक्ष दीपक भेटवालको सभापतित्व तथा नेपाली राजदुतावास कतारका प्रथम सचिव रामकाजि खड्काको प्रमुख आथित्यमा सम्पन्न सो कार्यक्रममा नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष अमृत गुरुङ नेपाल पत्रकार महासंघ सम्पर्क शाखा कतारका प्रतिनिधी रवि भट्ट रोषी नवोदीत साहित्यिक वाचानालयका अध्यक्ष भोजराज श्रेष्ठ मुग्लानी सौगात द्धैमासिकका धनेश्वर जि.सी सन्ध्या ग्रुप अलखोरका सचिव चन्द्र कुमार थापा लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।