Overview Members Chapters & Reps Publications Awards Announcements Events
  Global Partners Membership Discussion Board Projects Feedback Contact Us Home
 
Member's Login
username
password
 
Not a member?
Apply for Membership!!!
   INLS Calendar of EVENTS
 
INLS Chapter Websites: New York | Florida | Japan | Hong Kong | United Kingdom | Australia | Germany | United Arab Emirates | Kingdom of Saudi Arabia | Kuwait | All INLS Chapters
VoteNet Solutions, Washington DC honors INLS for conducting election online and saving trees.
It donates 10 tree seedlings to Sustainable Harvest International. View Honor Certificate | Election Results | New Officers

Sajha Prakashan, Nepal officially congratulates new INLS HQ Officers. View Letter

Bhanujayanti DC News And Best Book Award 2007 Result (07/15/07)
अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजको सोह्रौं वाषिर्क साधारण सभा र भ्ाानु जयन्ती तथा पुस्तक पुरस्कारको परिणाम घोषणा -जुलाई १५, २००७)

आज जुलाई १५, २००७ को दिन, अनेसास डिसी च्याप्टरको सहयोगमा उडब्रिज -भर्जिनिया)को रमणीय लिसिल्भ्यानिया स्टेट पार्कमा १९४ औं भानु जयन्ती तथा अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज -अनेसासकेन्द्र) को सोह्रौं साधारण सभाकोे उद्घाटन जन कवि केशरी धर्मराज थापाले गर्नुभयो । आदिकवि भानुभक्त आचार्यको तस्वीरमा माल्यार्पण गर्दै भानुुप्रति श्रद्धान्जली अर्पण गरिएको थियो । जन कवि केशरी धर्मराज थापाको आतिथ्यमा भएको सो सभामा कायम मुकायम राजदूूत काल्रि्रसाद पोखरेलले अनेसासबाट प्रकाशित तर्ीथ पान्डेद्वारा लिखित 'सविता' खन्ड काव्यको विमोचन गर्नुभयो । विमोचित पुस्तकबारे डा. सुशमा आचार्यले समालोचना गर्नु भएको थियो । अनेसासको यो साधारण सभामा बासु सत्यालबाट प्रस्तुत आयव्यय रिपोर्ट, ग्लोबल नेर्टवर्क कोअर्डिनेटर पुरुषोत्तम सुवेदीबाट अनेसासको प्रगति विवरण, र अनेसास बोर्ड स्ट्रस्टीजका उपसभापति भिमप्रसाद रेग्मीबाट प्रस्तुत अनेसासको आर्टिकल वेभसाइटमा सच्याएर राख्ने प्रस्ताब, अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार समिति नियमावली २००७, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार प्रायोजक अक्षय कोष संरक्षण नियमावली, २००७ अनुमोदन भयो ।

त्यस अवसरमा अनेसास पुरस्कार समितिका अध्यक्ष सुमनराज तिमसिनाको तर्फाट गोविन्द गिरीले अनेसास उत्कृष्ट पुस्तक पुरस्कारको विजेताको नामावली घोषणा यस प्रकार गर्नुभयो । ती यस प्रकार छन्ः-उत्तर आधुनिक ऐना-डा. गोविन्द राज भट्टर्राई - अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, युद्धका छायाहरू- क्षेत्रप्रताप अधिकारी- गण्डकी अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार, अनाम पहाडमा फनफनी- युवराज नयाँघरे- चेतनाथ घिमिरे मेची अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार, कपुरी क- गुहनाथ पौडेल- श्ाारा बाल उत्कृष्ट पुस्तक पुरस्कार, नविर्सने दिनहरू- श्री ओम श्रेष्ठ रोदन- लक्ष्मण सत्याल बागमती अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार, च्यात्न नसकेको चिठी-डा. दीपक खड्का- डिल्लीराम तिमसिना नयाँ प्रतिभा उत्कृष्ट पुस्तक पुरस्कार, कविताको संरचनात्मक विश्लेषण-डा. खगेन्द्र प्रसाद लर्ुइटेल-सीता पान्डे कोशी अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार, म बिनाको मेरो जीवन- कमला प्रर्साईं ढकाल- हरिभक्त कटुवाल गीती कविता उत्कृष्ट पुस्तक, गोलमाल- शिव प्रकाश पौडेल- हास्यव्यंग्य अनन्त उत्कृष्ट पुस्तक पुरस्कार, मधुरिमा-रुकु कार्की- ग्ाोविन्द गिरी नारायणी अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार, आप्रवासका सुसेली- होमनाथ सुवेदी-रोहिणी शर्मा धवलागिरी अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार, सानी- श्ार्मिला खड्का- डिल्लीराम तिमसिना-नारी हस्ताक्षर उत्कृष्ट पुस्तक पुरस्कार, संझनाको झरी अमेरिकामा घरिघरी- प्रमिला शर्मा-ठाकुरप्रसाद जनकपुर अञ्चल उत्कृष्ट पुस्तक पुरस्कार ।

पुरस्कारहरूको राशी यस प्रकार रहेको छ ः १. अन्तर्रर्ााट्रय नेपाली साहित्य सर्वोत्कृष्ट पुस्तक पुरस्कार, ने रु १००,०००, २. सर्वोत्कृष्ट नारी हस्ताक्षरका लागि अनेसास डिल्लीराम तिमसिना स्मृति पुस्तक पुरस्कार, ने रु २५,०००, ३. सर्वोत्कृष्ट नव प्रतिभाका लागि अनेसास डिल्लीराम तिमसिना स्मृति पुस्तक पुरस्कार ने रु २०,०००, ४. सर्वोत्कृष्ट नेपाली गीती कविताका लागि अनेसास हरिभक्त कटुवाल स्मृति पुस्तक पुरस्कार, ने रु १५,०००, ५. सर्वोत्कृष्ट बालसाहित्यका पुस्तकका लागि अनेसास शारा उत्कृष्ट बाल पुस्तक पुरस्कार, ने रु १५,०००, ६. सर्वोत्कृष्ट हास्यव्यंग्यका पुस्तकका लागि अनेसास अनन्त उत्कृष्ट पुस्तक पुरस्कार, ने रु १५,०००, ७. सर्वोत्कृष्ट धवलागिरि अञ्चलका पुस्तकका लागि अनेसास रोहिणी शर्मा सर्वोत्कृष्ट पुस्तक पुरस्का, ने रु १०,०००, ८. सर्वोत्कृष्ट गन्डकी अञ्चलका पुस्तकका लागि अनेसास गन्डकी अञ्चल सर्वोत्कृष्ट पुस्तक पुरस्कार, ने रु १५,०००, ९. सर्वोत्कृष्ट वाग्मती अञ्चलका पुस्तकका लागि अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट पुस्तक पुरस्कार, ने रु १५,०००, १०. सर्वोत्कृष्ट नारायणी अञ्चलका पुस्तकका लागि अनेसास गोविन्द गिरी "प्रेरणा" सर्वोत्कृष्ट पुस्तक पुरस्कार, ने रु १५,०००, ११.सर्वोत्कृष्ट जनकपुर अञ्चलका पुस्तकका लागि अनेसास ठाकुर प्रसाद रेग्मी सर्वोत्कृष्ट पुस्तक पुरस्कार, ने रु १५,०००, १२. सर्वोत्कृष्ट कोशी अञ्चलका पुस्तकका लागि अनेसास चेतनाथ घिमिरे सर्वोत्कृष्ट पुस्तक पुरस्कार, ने रु १५,०००, १३. सर्वोत्कृष्ट मेची अञ्चलका पुस्तकका लागि अनेसास सीता पान्डे सर्वोत्कृष्ट पुस्तक पुरस्कार, ने रु १५,०००।०० ।

सभापति "प्रेरणा"ले यी पुुरस्कारहरु अमेरिकामा हुने आगामी देवकोटा जयन्तीको पुरस्कार वितरण समारोहमा प्रदान गरिने कुरा उल्लेख गर्दै गत सालदेखि नै यौटा छुट्टै स्वतन्त्र एवार्ड कमिटी गठन गरिएको छ त्यस अनुसार अनेसासका सबैतहका पदाधिकारीहरुले यी अनेसास उत्कृष्ट पुस्तक पुरस्कारहरुमा भाग लिन पाउदछन् । तर उनीहरुका बाबुआमा र छोराछोरी एवार्ड कमिटीमा रहेको हुनुहुन्न । एवार्ड कमिटीमा छन् भने त्यसबाट उनीहरुले राजिनामा दिएर मात्र भाग लिन पाउँदछन् । एवार्डको मूल्याड्ढनको विश्वसनीयता र वैधता कायम गर्न र अनेसासका सबै तहका पदाधिकारीहरुलार्इृ भाग लिनलाई प्रोत्साहित गर्ने यी दर्ुइ कुराको बीच सामञ्जस्य कायम गर्न यसो गरिएको कुरा पनि स्पष्ट पार्नुभएको थियो ।

सो अबसरमा भएको गोरख बहादुर थापा कविता प्रतियोगितामा 'म जान्छु प्यारी' कविताको लागि भगवान भन्डारी प्रथम, 'भानु तिमी' कविताको लागि माधवप्रसाद रेग्मी द्वितीय, 'म त हजुर नेपाली' दिग बहादुर तामाङ्ग र 'तेल' कविताको लागि पर्ल रेग्मीले तृतीय स्थान प्राप्त गरे । वालमा 'मातृभूमिको संझना' कविताको लागि मुकेश घिमिरे, 'पुतली' कविताको लागि निकेश घिमिरे, 'आदिकवि भानुभक्तको समझनामा' कविताको लागि आशिष सिटौलाले क्रमशः प्रथम, द्वितीय तथा तृतीय स्थान प्राप्त गरे । बसन्त श्रेष्ठ, डा. सुशमा आचार्य तर्ीथ पान्डेय निर्ण्ाायक थिए । प्रतियोगी तथा अप्रतियोगी कविता वाचन गर्नेहरु थिए-बसन्त श्रेष्ठ, शाश्वत पराजुली, सुशमा आचार्य तर्ीथ पान्डेय, कविन्द्र सिटौला, कपिल सिटौला, बासु श्रेष्ठ, प्रेम संग्रौला, टिका पुन, हस्त गौतम, नारायण अधिकारी, कुन्जराम थापा, प्रिया सुवेदी आदि । बसन्त श्रेष्ठ, माधव रेग्मी, प्रेम संग्रौला, राम खरेल, विष्णु थापा, शान्तिराज श्रेष्ठ, काल्रि्रसाद पोखरेल तथा धर्मराज थापाले बोल्नुभएको थियो । सिक्किमका भूपू मुख्यमन्त्री सचमान लिम्बूले पठाएको सुभकामना डि.बी. तामाङ्गले पढेर सुनाउनुभएको थियो । अनेसासकेन्द्रका अध्यक्ष मोहल सिटौला ऐले सिक्किम जानुभएको र उपस्थित न भएकोले वहाँको सुभकामना सुनाइएको थियो । सभाको सभापतित्व अनेसास डिसी मेट्रो च्याप्टरका अध्यक्ष गोविन्द गिरीको सभापतित्वमा भएको थियो । अनेसासका भूपू उपाध्यक्ष तथा अमेरिका नेपाल सोसाइटीका वर्तमान सचिव खेम भट्टचनले स्वागत भाषण र कार्यक्रमको संचालन अनेसासका बिओटीका उपसभापति भीमप्रसाद रेग्मीबाट भएको थियो । यो कार्यक्रममा बनभोज, भलिबल, र अनौपचारिक गीत र नृत्य पनि गरिएको थियो । भलिबल खेलाडीलाई पनि आगामी देवकोटा जयन्तीको अवसरमा प्रमाणपत्र गरिनेछ । अध्यक्षको आसनबाट साहित्यकार गोविन्द गिरी प्रेरणाले जनकविकेशरी, ८४ वर्षपुगेका, नेपालका राष्ट्रिय धरोहर धर्मराज थापाको उपस्थिति पाएकोमा गौरव र पुरस्कार विजयीहरुलाई वधाई र अन्य उपस्थित वा अनुपस्थित सबै सहयोगीहरु प्रति धन्यवाद ज्ञापन गर्दै आगामी २ वर्षभत्र भानुको प्रस्तावित सालीकलाई मर्ूतरुप दिने दृढता व्यक्त गर्दै सभा विर्सजन गर्नु भएको थियो ।

Handbook  |  By-Laws  |  Election Guideline  |  Code of Ethics
all rights reserved © INLS, Washington D.C. 2006